आज बिश्व कोरोना भाइरसको महामारीको कारण त्रसित र आ’तंकित भैरहेको छ । डेसेम्बर २०१९ को अन्तिम तिर चीन को हुवानमा कोरोना भाइरस देखिएको थियो । २०२० को जनावरी ११ मा पहिलो पल्ट कोरोनाका कारण चीन मा एक जना को ज्यान गयको थियो।
त्यसैगरी जनवरी १३ मा थाइल्यान्डमा देखियपछी क्रमश जापान ,फिलिपिन्स ,दक्षिण कोरिया ,इटाली ,स्पेन ,अमेरिका भारत हुँदै बिश्व का २०० भन्दा बढी देशहरूमा फैलिएको छ । नेपालमा पहिलो पल्ट माघ १० गते बिदेश बाट फर्कियका बिध्यार्थी लाई कोरोना पोजेटिभ भयको पुष्टि भयको थियो । लगत्तै फ्रान्स देखि कतार हुँदै नेपाल आउने अर्का नेपाली नगरिक चैत ४ गते कोरोना संक्रमण भयको पुष्टि भयको थियो । विश्वभरी संक्रमित २२८७३२३ मृ’त्यु १५७४६८ भने नेपाल मा ३१ जना संक्रमित र जसमध्य ४ जना स्वास्थ्यलाभ गरीसकेका छ्न । बकि २७ जना उपचाररत रहेकाछन ।
कोरोनाको त्रास फैलिए संगै चैत ११ गते देखि लकडाउन गर्ने सरकारको निर्णय सह्रानिय थियो । लकडाउनलाई कडाइका साथ पालना जनताले (हामीले )गरिरहेका छौ । जुन जरुरी पनि छ ।
तर यहानेर, एउटा उदारण दिउकी विशाल शरीर भएको चरा अष्ट्रीज उ आफ्नो सत्रु लाई अगाडि देख्छ वा आधीभेरी आउदा होस आफू बिपत्तिमा परि असुरक्षित भयको महसुस जब गर्छ उ आफ्नो टाउको बालुवामा लुकाउछ बिडम्बना उसले आफू सुरक्षित भयको ठान्छ । तर उसले बिर्सिन्छ कि आफ्नो पुरै शरीर बाहिर छ भनेर । यो कुरा यो सरकार ले बुझ्न जरुरी छ । यस महामारीको समयमा जनता लाई अभिभावक चाहियको छ राज्यले भुमिका खेल्नु पर्छ।
तर जनता नदिमा हम्फाल्न बाध्य किन? हिडेर नांगो भोको पैदल यात्रा गर्न बाध्य किन ? सिमाना मा अलपत्र किन ? सरकार को प्रष्ट स्वास्थ नीति खै ? आज डाक्टरहरु माथी लाठीचार्ज किन ? गल’त तथा र्सार्वजनिक आ’रोप डाक्टर माथी किन ? सुरक्षाकर्मीको तलब काट्ने जस्तो ला’जमर्दो कुरा किन ?
आफ्नो गलत ढाक्छोप गर्न पत्रकार माथी ग’लत आ’रोप किन ? यो सब को जबाफ चाहिन्छ जनतालाई, त्यसै गरि कालोबजारीले सिमा नाघिसकेको छ । कृतिम थिए र अभाब फैलाइयको छ । खै ध्यान जानू पर्दैन ? बिद्यार्थीका विभिन्न खाले समस्या छन खै बिद्यार्थीका नेता भनाउदाहरु कहा लुके ?
बिद्यार्थीको समस्याको बिषयमा एक शब्द बोल्नुको साटो आफै भ्रष्टाचार गर्ने र गर्नेहरुको बचाउ गर्ने ? कति सम्म एक बिद्यार्थी नेताले भष्ट्रचारीलाई “हिरा” को उपमा दिदै नाम राखेर न्वारान गर्दै गित सम्म गाउन भ्याए ।
कथित नेताहरू जनता को समस्यामा जनताको घरमा चुलो बल्न नसकेको बेलामा सिमानामा राजमार्ग मा जनता अलपत्र परेका बेलामा महलमा बसी मासु भुटेर ८४ ब्यन्जन, सुति सुति खाने अधिकार छैन । ,जसको हिसाब किताब नेपाली जनता ले एकदिन ब्याज सहित अवस्य पूरा गर्नेछन । केही एकाध हुनेखाने पुजीपति बर्गलाई यो समय रमाइलो भएको छ होला ८४ ब्यन्जनका खानेकुरा पकाउदै सामाजिक सन्जाल मा पोस्ट गर्दै गरिब , दुखी भोका हरुलाइ गिज्याइरहेका छन ।
यो महामारी र भयावह अवस्था मा विप्लवले नेतृत्व गरेको ने क पा ले आफ्ना सम्पुर्ण कार्यकर्तालाई जनताको सेवामा लाग्न निर्देशन गरिसके छन । यो महामारी अबधी भर अरु कुनै पनि कार्यक्रम नभयको कुरा बहिर आइसकेको छ । यधपी कसले कति गरे मुल्यांकन होला नै । जनताको सेवा म खटिएका नेकपा का नेताकार्यकर्ता लाई माक्स र सेनिटाइजर बितरण गरिरहेको अवस्थामा गिरफ्तार गरि मानबताको खिल्ली उडाएको छ, ने क पा का १५०० भन्दा बढी नेताकार्यकर्ता लाइ तु रिहाई गर्न जरुरी छ ।
अर्को पक्ष, एउटा राहत भन्ने कुराले मार्केट तातेको छ आज भोलि,म आफू कन्फ्युजनमा छु कि राहत के हो ? राहात कस्ले पाउने ? गरिब को हुन ? यस्ता विभिन्न प्रश्न म मा उब्जिएको छ्न । यहाँ देखियो के भने राहत पाउने त जम्मा आफ्ना कार्यकर्ता मात्र,भोटरलिस्ट हेरि बितरण गरिन्छ,। चम्चाहरुले राहात पायको देखियो । वास्तविक गरीब मजदुरले कहिले राहात पायनन । अपबाद पाइहले भने नि गुणस्तर हिन खान नसकिने मात्र । अर्को ला’जमर्दो कुरा त के भने नि ५ के जि चामल बाडेर ५० पोज फोटो र भिडियो बनाइ समाजिक संजालमा पोस्ट गरि गरीब को खिल्ली उडाइ उनीहरु लाई मानसिक रूपमा पी’डित पारिदै छ । यस्तो देखिन्छ कि लकडाउले कोरोना लाई त केहि हदसम्म रोक्ला तर भोकमरी ले अवस्य पनि बिकराल रुप लिने निश्चित छ ।
अर्को कुरा चैत ६ गते हाम्रा आदरणीय सम्माननिय प्र म ज्यु अचानक महामारी रोग विशेषज्ञ बन्ने ठूलो कोसिसले सारा नेपाली ले होम क्वारेन्टाइनमा गजबको रमाइलो जोक सुन्ने सुनौलो अवसरले आनन्द लिने मौका पायका छ्न ।
अन्तमा ,यो लकडाउन मा चोरी लुट्पाट ,डकैती ,को व्यापक समस्या आउन सक्ने देखिन्छ । त्यस तर्फ ध्यान जान जरुरी छ,यश समयमा महिला तथा बालिकाहरु मा विभिन्न खाले समस्या यौ’न शोषण ,ब’लात्का’र जस्ता अमानवीय ब्यावहार तथा घट’ना हुन्सक्छन जस्तो कैलाली मा जुन घट्ना घटी सकेको छ,यस्ता घट’ना तिर पनि संबंधित निकाय को ध्यान जसोस,डाक्टर ,सुरक्षाकर्मी ,तथा पत्रकार को स्वस्थ्य सुरक्षा को ग्यारेन्टी गरियोस् ।
जाद जाँदै,कोरोना ले समाजबादी व्यवस्था र पुजीवादी व्यवस्था को विषय मा छलफल गर्न सिकायको छ एक पटक सोच्न पर्ने ठाउ मा पुर्यायको छ,।
लेखक अखिल (क्रा’न्तिकारी ) क्याम्पस जिल्ला समिति काठमाडौका अध्यक्ष हुन ।