logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सोती घटनामा न्याय माग्दै नेता जनादर्नलाई उनैका सुभचिन्तकको खुल्ला पत्र


  • दिपेन्द्र क्षेत्री  रुकुम ( पश्चिम)
  • शुक्रबार, जेष्ठ १६ २०७७

सम्माननिय मन्त्री जनार्दन शर्मा क.प्रभाकर ज्यु
शब्द सुरुवातमा तपाइलाइ अभिबादन

पिडित नवराज बिक को परिवारलाई न्याय मिलोस तर सुन काण्ड , वाइडबडी काण्ड , निर्मला हत्या काण्ड                                                  जसरी न दबाइयोस मन्त्री प्रभाकर ज्यु ।

सर्वप्रथम मेरो परिचय भन्नुपर्दा म एक परिवर्तनको चाहा राख्ने क्रान्तिकारी बिचार धारा बोकेको एक युवा हुँ । मेरो घर रुकुम पश्चिम हो जहाँ तपाइहरुले युद्ध कालिन समयमा आफ्नो दिगबिजयको यात्रा सुरु गर्नुभएको थियो र आम जनताहरुमा को ठूलो ? को सानो ? को धनी ? को गरिब ? सबै समान ! भन्ने नाराहरु घन्काउनुहुन्थ्यो । बर्गिय संघर्ष सङ्गै जातीय संघर्षलाई पनि मुख्य रुपमा लिनुभएको थियो र समानताका आवाजहरु घन्काउनु भएको थियो नि ! हो तेहि ठाउको एक आम युबा हुँ म ।

पहिलो कुरा तपाइलाइ पत्र लेख्ने हैसियत म सङ्ग नहोला मन्त्री प्रभाकर ज्यु , दोस्रो कुरा उचीत शब्दको चयन गर्न जान्दिन होला ! तसर्थ सर्बपर्थम क्षमा चाहन्छु मन्त्री ज्यु !

हरेक नीति , नियम , राजनीति र कुटनिती सङ्गै देश तपाइले बुझे बराबर मैले बुझेको छैन मन्त्री ज्यु ! तर तपाइका आदर्शबादी कुराहरु मैले बच्चै देखि सुन्दै आएको छु । तपाइका भाषणहरुबाट पनि सत्यलाइ स्वीकार गरि झुटको पर्दाफास गर्ने केही साहस प्राप्त हुन्छ तेहि कारण आज तपाइलाइ पत्र लेख्ने अपराध गरेको छु ।

बर्गिय संघर्ष सङ्गै जातीय संघर्षलाई पनि मुख्य रुपमा लिनुभएको थियो र समानताका आवाजहरु घन्काउनु                                      भएको थियो नि ! हो तेहि ठाउको एक आम युबा हुँ म ।

जनयुद्धको अन्त्य भएको एक दशक भन्दा बढी समय बिति सक्यो मन्त्री ज्यु यो कुरा सर्ब बिधितै छ र तपाइहरुले उठाएका मुद्दा जातिय बिभेदको खण्डण गर्दै समाजलाइ नयाँ बाटोमा लम्काउनुभएको कुरा पनि सर्ब बिधितै छ तर आज पन्चायतकाल जस्तै लाग्छ जनयुद्धकालका ती मुद्दाहरु डस्टबिनमा फ्याकिए जस्तो लाग्छ । दलित , जनजाति , क्षेत्री , बाहुन सबै समान हुन भन्ने आज कुनै खुल्ला चौतारोको भाषण जस्तो मात्र लाग्छ । क्रान्तिले परिवर्तन नल्याएको जस्तो लाग्छ । लाखौ परिबर्तनगामी युबाहरुको योगदान बेर्थ भए जस्तो लाग्छ र हजारौ हजार सहिदहरुको बलिदान खेर गए जस्तो मन्त्री ज्यु ! किन कि अझै पनि बर्गिय समानता छैन । जातिय बिभेदको अन्त्य भएको छैन ।

तपाइहरुको शान्ती सम्झौताबाट परिबर्तन अझै आएको छैन मन्त्री प्रभाकर ज्यु । परिवर्तन छ त पत्रीकाको पन्नाहरुमा । परिवर्तन छ त केवल टेलिभिजनमा । परिवर्तन छ त केवल भ्रष्टाचारमा । परिवर्तन छ त केवल भाषणका शब्दहरुमा ।
न रगत फरक न त जगत फरक छ । न भोजन फरक न निद्रा फरक छ तर पनि जातिय बिभेद किन ?
यो समाज गलत हो कि समाजलाइ बुझाउन नसक्ने नेतृत्व गलत हो ? मन्त्री ज्यु !
यो प्रश्न तपाइलाइ गर्नुको कारण तपाईं पनि एक कुशल नेतृत्व हुनुहुन्छ मन्त्री प्रभाकर ज्यु ।

रुकुम ( पश्चिम ) चौर झारी नगरपालिका सोतीको घटनामा आधारित मुद्दालाई मध्यनजर गर्दै तपाईलाइ अनुरोध र नेतृत्वलाई आक्रोश पोख्दै यो खुल्ला पत्र लेख्दैछु मन्त्री प्रभाकर ज्यु ।

तपाइलाइ थाहै छ देश नै हलचल बनाउदै आम जनताहरुको मानसपटलमा गुन्जायमान भएको जातिय बिभेदको घटनाले चारैतिर आक्रोश सिर्जीत गरिदिएको छ। ठाउँठाउँमा आन्दोलन चर्किरहेको छ । यो घटनाले भोली गएर जनताहरुलाइ युद्धमा पक्कै पनि धकेल्छ यदि दोसीलाइ कार्बाही र पिडितलाइ न्याय मिलेन भने । कता कता सुन्नेमा आएको छ कि स्थानीय सरकार दोषीको पक्षमा उभिएको छ र पिडित प्रती लापरबाहि गरेको कुरा ।

              न भोजन फरक न निद्रा फरक छ तर पनि जातिय बिभेद किन ?
यो समाज गलत हो कि समाजलाइ बुझाउन नसक्ने नेतृत्व गलत हो ? मन्त्री ज्यु !

मन्त्री प्रभाकर ज्यु तपाइलाइ यो पत्र लेख्नुको मुख्य कारण स्थानीय सरकार सङ्गै तपाइको पनि विशेष ध्यानाकर्षण होस,दोषिलाइ कार्बाही होस अनि निर्दोषलाई न्याय प्राप्त होस र समाज रुपान्तरण हुने खालको न्याय होस मन्त्री ज्यु । कुरिति र अन्धविश्वास अन्त्यको घोषणा गर्ने नेतृत्वहरुले बुझ्नुभएकै छ होला ।

यदि कुरा न्याय संगत को हो भने संविधान पनि बदलेको घोषणा गर्ने साहस अझै तपाइहरुमा छ अनि देश रुपान्तरण गर्ने क्षमता छ र सत्ता पनि तपाइहरुकै छ मन्त्री ज्यु । जातीय विभेद एुटा जघन्य अप्राध हो । यसले समाजमा नकारात्मक सोच पैदा गर्छ मन्त्री ज्यु । यदि न्याय सङ्गत दोषीलाइ फाँसी दिने हो भने भोलीका दिनहरुमा कसैले बर्ग , जातिय विभेद , बलात्कार यस्तै अन्य जघन्य अपराध गर्ने बारेमा कदापी सोच्दैनन र पाइला चाल्दैनन !

न मैले ! न समाजले तसर्थ चौर झारी नगरपालिका वडा नम्बर ८ सोती घटनामा निष्पक्ष छानबिन भई नबराज बिक सहित अन्य मृतक र पीडित बर्गको परिवारलाई उचित न्याय मिलोस । दोषी व्यक्ति होस या समाज ! कडा होस सजाय तर लापरबाही नहोस मन्त्री ज्यु ।

प्रेम गर्नु कुनै गलत हैन तर प्रेम बचाउन आउनेहरुलाइ मेटाउन प्रयास गर्नु गलत हो । जातिय बिभेदकै कारणले प्रेम मेटाउनु गलत हो । जात र धर्मले प्रेम र मानबतालाइ छेक्न सक्दैन तसर्थ मानवता बचाउन र समान्ता ल्याउन न्याय पुर्बक छानबिन , ध्यानाकर्षण होस अनि पिडित नवराज बिक को परिवारलाई न्याय मिलोस तर सुन काण्ड , वाइडबडी काण्ड , निर्मला हत्या काण्ड जसरी न दबाइयोस मन्त्री प्रभाकर ज्यु ।

लेख्न र सोध्न बाकी धेरै नै थियो मन्त्री ज्यु तर अहिलेको मुख्य बिषय भन्दा बाहिर जान चाहेनम र यो खुल्ला पत्रलाइ यहि समापन गर्दछु ।

सम्माननिय मन्त्री प्रभाकर ज्यु ( नमस्ते )
दिपेन्द्र क्षेत्री  रुकुम ( पश्चिम)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार