logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बन्दुकको जवाफ तोपले दिनेछ


  • तुफान सिंह 'कालिकोटे'
  • शुक्रबार, असोज ३० २०७७

गृहमन्त्री राम बहादुर थापा बादलले दिएको अबिब्यक्तीले फेरि देशलाई यु’द्धमा धकेल्न महत्त्वपूर्ण भुमिका देखिन्छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले प्रष्ट भन्दै आएको एक मात्रै कुरा संसदिय दलाल ब्यबस्थाको अन्त्य र बैज्ञानिक समाजबाद्को स्थापनाको लागि निरन्तर आफ्नो यात्रामा रहेको यहाँ जगजाहेर छ । यदि भन्दै गर्दा पार्टीलाई प्रतिबन्ध लगाई १ महिना भित्र तहलागाउन निर्देशन दिने कथित कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपि सर्मा वलिले एउटा् सपना देखे ।

तर हाम्रो पार्टीलाई केही फरक परेन अझै आम नेपाली जनताले बिप्लवलाई निरन्तर साथ र सपोट गरिनै रहे । फेरि तत्कालीन गृहमन्त्री ज्युको यो दिवा सपनाको चकनाचुर हुने निश्चित छ किन कि विचारलाई हतियारले प्रास्त पार्छु भन्नु नै महा मुर्ख हो । हेक्का रहोस् बादल ज्यु अन्तिम पल्ट पानी दिने मान्छे हुने छैन ख्याल गरौं हिटलर जन्मजात हिटलर थिएन परिस्थितिले बिचारको निर्धारण हुन्छ यु’द्ध रहर होइन बाद्यता हुन सक्छ ।

फासिवादी केपी सरकारको कथित प्रतिबन्द लाई धुजा धुजा पार्दै अगाडि बढीरहेको छ । नेपाली कम्युनिष्ट अान्दोलनमा देखा परेका प्रतिकुल्ता र प्रतिक्रान्तिलाई चिर्दै सचेत र सुझबुझका साथ बिकासको अग्रगामी यात्रा तिर लम्किरहेको छ । प्रतिबन्ध केबल निरिहहरुका लागि देखाउने दात भएको छ ।

केपी सरकार दिनप्रतिदिन निरंकुश बन्दै लोकतान्त्रिको नाम दलाल र लुटतन्त्रको संरक्षण गर्दै। जनताको संवैधानिक अधिकार माथी बन्देज लगाउनमा तल्लीन छ। कला-साहित्य गीत संगीत प्रेस सँगै राजनैतिक दल माथीको प्रतिबन्ध जस्तो फासीवादी चलचित्र प्रदर्शन गरिएको छ। भने अर्को तर्फ जनस्तरबाट सोतस्फुत चौतर्फी बिरोध र सर्घष भईरहेको परिस्थिति बिध्यमान छ। सरकारको यस्तो चरित्रको बिरुद्ध वैज्ञानिक समाजवादको माग गर्दै दर्जनौंको संख्यामा बलिदानी, सयौंको संख्यामा गिरफ्तारी सहि एकिकृत जनक्रान्ति मार्फत अपुरो क्रान्ति पुरा गर्नेको भिषर्ण संघर्षमा रहेको नेपाल कम्यूनिष्ट पार्टी जनलहर र समर्थन देश विदेशमा बढदो छ। यसै शिलशिलामा पार्टी र सम्पुर्ण

हेर दलालहरु तिमी प्रतिबन्ध लगाउदै गर
तर हामी भने तिम्रो प्रतिबन्धलाई धोतीमा हालेर
अझै निर्मम र स्पात बन्दै तिम्रो तानाशाही फासिवादी हर्कतलाई चुनौती दिन्छौ
तिमी जतिसुकै हुकुम र फर्मानहरु जारी गर
तर हामी एकीकृत जनक्रा’न्तिलाई अझै
नयाँ ढंगले उचाईमा उठाउछौ
तिम्रो ब’न्दुकको आडमा टिकेको सत्तालाई
हामी ब’न्दुक बाट नै खरानी पार्छौ
यदी तिमिले त्यो दिन न निम्त्याएको नै उत्तम होला।

जसरी गृहमन्त्री राम बहादुर थापाको आदेशमा माइला लामा लगाएत थुप्रै नेता कार्यकर्ता गिर’फ्तार गरिएको छ र अदालतको रिहाई गर्ने आदेश पस्चाताप पनि कानुन आफ्नो मुठ्ठी मा लिएर ने क पा का नेता कार्यकर्ता जसरी जेल चलान गरिदैछ त्यसै गरि त्यो राम बाहादुर थापाको लागि कुनै अनौठो कुरा होइन किन भने जहाँ आफ्नै हजारौं हजार कार्यकर्ता लाई सलाम ठोक्ने हातहरु आज विदेशी लाई सलाम ठोक्न करोडौ करोड रकम कमिसन समाउन पुगेका विभिन्न दलाल कमिसनरखोरी हरु सङ्ग घाँटी जोडन पुगेका छ्न र आज ती दलाली कमिसनरखोरी भ्रष्टाचारीको आखाले पुराना सहयोद्दालाइ अप’राधी देख्नु कुनै ठूलो कुरा होइन दलाल हरुको लागि ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार