logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

तिन बुँद्दे सहमति र पक्राउ पुर्जी


  • लक्ष्मण पाख्रिन
  • बुधबार, चैत्र ४ २०७७

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली समाज, राष्ट्रिय ,र अन्तर्राष्ट्रिय रूपमा चर्चामा छ।
हालै नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी विचमा भएको तीन बुदे, सहमति नेपाली न्याप्रेमी श्रमजिवि जनजसमुदाय देशभक्त कलाकार राष्ट्र सेवक,बुद्धिजीवी हरू माझ प्रसंशा र उत्साहपुर्ण रहेको छ । र धेरैले शान्तिपूर्ण राजनीतिक यात्रा आरम्भ हो भनी वार्ताको प्रसंसा गरिरहेका छन ।
पछिल्ला राजनीतिक घटनाक्रमले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विचार प्रती सिङ्गो नेपाली जनता बुद्धिजीवी नागरिक समाज,राष्ट्रिय ,अन्तर्राष्ट्रिय,रूपमै निकै चासोको विषय बनेको छ ।

यसै बीचमा तीन बुदे सहमति अनुसार सरकारद्वारा गरिएको ढिलासुस्ती फेरि पक्राउ पुर्जी टासिनु जस्ता राज्यको हर्कतले उत्साहजनक जनतामा शंका सहितका प्रश्न हरूपनि छ्न । सरकार सकारात्मक रूपमा देश र जनताको हितमा रहि आनकानी नगरीकन सरकार पक्षबाट सम्झौताको सफल र इन्मान्दारपुर्वक कार्यान्वयन होस ।

नेपाल कम्युनिस्ट पार्टी र सरकार संगको तीन बुदे सम्झौता / पक्राउ पुर्जी सरकारको मोड कता भन्ने प्रश्न सवत्र उब्जिएको छ ।

तीन बुदे सहमति सरकार पक्षका वार्ताटोली डा.राजन भट्टराई ,र गृहमन्त्री समेत रहेका (राम बहादुर थापाले) अब राज्य द्वारा नेपाल कम्युनिस्ट पार्टीको नेता कार्यकर्ता माथी लगाइएको झुटा मुद्दा खारेज गर्ने भनी सार्वजनिकरूपमा नै घोषणा गरेकोले, फेरि पनि नेता, कार्याकर्ताको घरमा पक्राउ पुर्जी,लिएर फेरि वादलको नेतृत्वको गृह प्रशासनले सहमति को बेवास्ता गरि सहमती विपरीत भएन र भन्ने प्रश्न उब्जेको छ । साथै झुटा मुद्दाहरू खारेजीको सहमतिमा सरकार पक्ष किन गैर जिम्मेवार बनेको होकि भन्ने आसंका धेरै नजिक छ्न ।

नेपाल कम्युनिस्ट पार्टीका दर्जनौं नेताकार्यकर्ता अझै जेल जीवन किन । क. माईला लामा क. विरजंग क.सुदर्शन .क.भरत वम अन्य धेरै नेता कार्यकर्ता झुटा मुद्दा खारेजीका लागी किन आनाकानी ? अझै सरकार पक्ष किन मौनता हो ? भन्ने जस्ता थुप्रै प्रश्न जनसमुदायहरूमा उब्जनु स्वभाविक नै हो । सरकारले वार्तालाई आफ्नो राजनीतिक स्वार्थमा सत्तालाई जोगाउन मात्र एउटा अस्त्रको रूपमा प्रगोग गरेको जस्तो पनि पछिल्लो पक्राउ पुर्जी र प्रहरी प्रशासनको गतिविधिले देखाएको छ । यदि सरकारले वार्ता लाई आफ्नो राजनैतिक असफलता ढाकछोप गर्ने मात्र हो भने । देश गम्भीर संकटमा बाटोमा जानेछ ।

यो तीन बुदे सम्झौतामा नेपालका विभिन्न पार्टी बुद्धिजीवी,कर्मचारी ,नागरिक समाजको पनि आफ्नै किसिमको -तर्क हरू अभिव्यक्त भएका छ्न ।
विभिन्न मिडियाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट अब संसदीय व्यवस्था र मुलधारको राजनीतिमा प्रवेश गरेको भनी प्रचार सम्म पनि गरेका छ्न ।

यो सहमति देश, र न्याय प्रेमी देशभक्त जनतामा आशालाग्दो उत्साहजनक सन्देश थियो । नेपाली कांग्रेस लगायतका पर्टी र केही बुद्धिजीवी भन्ने नेताहरूले । वार्ताको चौथो बुँद्दा खै त्यो भनेको हतियार खै भनी,जनतामा भ्रामक र कु प्रचार गर्दै सरकारलाई अनावश्यक उत्तेजित पार्ने काम र परिवर्तन विरोधी लोकतन्त्र शान्ति विरोधि अभिव्यक्त भएका छ्न ।
यो अभिव्यक्त नेपाली लोकतन्त्र प्रेमी जनता माथी केवल हिंसालाई प्रेरित गर्ने अभिव्यक्त हो । हामी भन्छौ कम्युनिस्ट शान्ति प्रेमी हो । हामिले हतियार लिएर लडाइ लडेका थिएनौं । हाम्रो विचार देश र जनताको हितमा केन्द्रित बैज्ञानिक समाजवादको नारा शान्तिपूर्ण आवाजहरू थियो कलम थियो ,गितसंगित ,गितार मादल र हँसियाहथौडा अंकित झण्डा थियो तर सरकार आतंकित भयो । हाम्रो विचार माथी प्रतिबन्ध गर्ने कुचेष्टा गर्‍यो तर परिवर्तन प्रेमी जनता सामु प्रतिबन्ध पानीको फोका जस्तै भयो । हतियार खै भनी लोकतन्त्र ,प्रजातन्त्र नारा लगाउने ,महासयहरू ठुला ठुला भाषा गरेर जनतालाई बेरोजगारी बनाउने तिम्रो लुटतन्त्र संसदीय व्यवस्था अन्त्य नजिक छ ।

हामी मुलुक र उत्पीडित, सर्वहारा ,श्रमजीवी परिवर्तन प्रेमी जनसमुदाय हरूको हित विपरीत सरकार संग कुनै गोप्य सहमति र सम्झौता नरहेको बारम्बार भनिरहेका छौं। हामी एकीकृत जनक्रान्तिद्वारा जनताको असल व्यवस्था बैज्ञानिक समाजवादी व्यवस्था र महान सहिदहरूका सुन्दर सपना पूरा गर्ने अठोटका साथ निरन्तर एकीकृत जनक्रातिको महान यात्रामा छौं । बैज्ञानिक समाजवाद नै सम्पुर्ण मानव जातिको शोषण उत्पीडन मुक्त समाज निर्माण गर्ने एक ब्यवस्था हो ।दलाल संसदीय व्यवस्था को विकल्प बैज्ञानिक समाजवाद आजको आजको एक मात्र आवश्यकता हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार