१. मूलतः नेपालको राजनीतिक पृष्ठभूमिलाई भुत देखि वर्तमानसम्म नियाल्दा, चाहे फुटका अवस्थामा होस् या त चाहे जुटका अवस्थामा व्यक्ति सामान्य दृष्टिकोणबाट हेर्दा जताततै कम्युनिस्टनै कम्युनिस्ट भेटिन्छन् । मुलुकको जम्मा जनसङ्ख्या मध्य दुईतिहाइ लगभग कम्युनिस्ट देखिन्छन् फेरि कम्युनिष्ट कहाँ छन भनेर खोजी हेर्दा कहीँ पनि भेटिँदैन जुन आफैमा एक आचार्य चकित विषय रहेको छ ।
आफूलाई कम्युनिस्ट भन्ने हो भने कम्युनिस्ट म्यानुफिस्टो भित्रको आधारभूत चरित्र अंगीकार गरेको पक्कै हुनुपर्दछ । मात्र माक्सवादी लेनिनवादि वा विभिन्न वादका ठेलि हरुलाई रत्दैमा र गरिब, निमुखा जनताका नाममा राजनीति गरिँदैमा कम्युनिष्ट भन्न पाइँदैन । र म सर्वहारा हुँ भन्न पक्कै पाईन्दैन । वास्तवमा नै कम्युनिष्ट हो भने उनीहरूको लक्ष्य र व्यवहार दुवै समाजवादप्रति प्रतिवद्ध देखिनुपर्ने हो । झन् साम्यवाद भनेको धेरै परको कुरो कम्युनिष्टहरुका लागि ।
समाजवाद जस्तो सजिलो दर्शन पटक्कै होइन कम्युनिस्टहरूको अन्तिम बिन्दु साम्यवाद । कम्युनिष्टहरुले आफ्नो नियमित आम्दानीको स्रोतलाई ऐना जस्तै पारदर्शी गराउँछन् । समाजवादप्रति प्रतिबद्ध भई साम्यवादमा पुग्ने उनीहरूको अन्तिम लक्ष्य हुन्छ । जसका कारण कम्युनिजममा कुनै पुँजीवादी , नातावाद र कृपावाद चिन्तनले कुनै प्रशय नै पाउँदैन। यहाँ नाफा मात्र समुदायको हुन्छ । कुनै व्यक्ति विशेषले मैले दुःख गरेर कमाएको यसमा मेरो रगत पछि नै एकै भएको छ भनेर आफूले आर्जन गरेको सम्पत्ति मा सम्पूर्ण कुरा उनले आफू केन्द्रित गराउन पाउँदैन वा आफूसँग राख्न पटक्कै पाउँदैन । कम्युनिजम मा हरेक व्यक्तिको आर्जन समुदायका लागि हुन्छ र समुदायले हरेक व्यक्तिको जिम्मेवारी वहन गर्दछ भन्ने विश्वास गर्दछ । हरेक व्यक्ति समाज प्रति जवाफदेही र उत्तरदायी रहेको हुन्छ । उसले आफ्नो क्षमता अनुसार समाजमा योगदान पुर्याउने पर्ने हुन्छ र आवश्यकताअनुसार समाजबाटलाभ पनि प्राप्त गर्दछ । आवश्यकताअनुसार त्यसकारण साम्यवादमा सवल उद्यमशील ब्यक्तीले समाजलाइ बढी योगदान गरेको छ भन्दैमा उसले समाजबाट आफ्नो योगदान बापत बढी लाभ पाउनुपर्ने भनेर दावा गर्न पाइदैन । २. समाजमा रहेका सबल दुर्बल व्यक्तिविशेषले पुर्याएको योगदान बाट प्राप्त नाफा समुदायको ढुकुटीमा जान्छ । र समुदायले त्यसलाई आवश्यकताअनुसार उपभोग एवं वितरण गर्दछ । साम्यवाद वर्गविहीन समाजका रुपमा देखिनु पर्ने हुन्छ । समुदायले क्षमता अनुरुप योगदान र नाफाको आवश्यकता अनुरुपको वितरणबाट वर्गविहीन समाजको निर्माण गरिनुपर्दछ भन्ने मूलमर्म साम्यबादलाई अन्तिम लक्ष्य बोकेका कम्युनिष्टहरुले बोकेका हुन्छन् । साम्यवादमा हरेक नागरिकको हितमा काम गरिन्छ भने शिक्षा , स्वास्थ्य जस्ता कैयौं क्षेत्र राज्यको दायित्वभित्र पारिन्छ । तर वर्तमानमा म कम्युनिष्ट भन्ने म साम्यवादी हुँ भनेर भन्ने तर साम्यवादका माथि उल्लेखित आधारभूत विशेषतालाई पनि अंगीकार नगर्ने कम्युनिष्टहरु विश्वमाझ नै छ्यास्छ्यास्ती देखापरेका छन् । जुन साम्यवादी नाउमा म कम्युनिष्ट हुँ भन्नेको चरित्रका कैयौं चरितार्थ रुप कम्युनिष्ट आन्दोलनका नाउँमा हुँदै वर्तमानसम्म कम्युनिष्ट राजनीतिका नाममा भइरहेका कयौं फोहोरी खेलका प्रकाण्ड हामी नेपालमा पनि देख्न पाउछु। उदाहरणका रुपमा नेपालमा रहेका कम्युनिस्ट अनि तिनका राजनीतिका दाउपेचका सिद्धान्तलाई प्रष्टरुपमा लिनसक्छौ ।
नेपालमा कम्युनिष्ट इतिहास अनि कम्युनिष्ट आन्दोलनलाई एउटा विशुद्ध विवेचनाका लागि कम्युनिष्ट शब्द अनि नेपाली कम्युनिष्ट प्रयोग गर्न आफैंमा असहज को अवस्था देखिन थालिएको छ ।
एउटा विशुद्ध विवेचना अनि कम्युनिष्टका व्यवहारिक पाटोमा फरकको कैयौं रास देखापरेका छन् । अब सायद नेपालमा कम्युनिष्ट आन्दोलन र कयौं तिनका अभियानहरु बाँकी छैनन् होला ? नेपालमा विधमान कैयौं कम्युनिष्ट पार्टी अनि तिनका वामपन्थी नेताहरुलाई राजनीति अनि कम्युनिष्ट विचार अनि तिनका अवधारणाका विषयमा प्रश्न गर्नु सायद कुनै औचित्य हुँदैन होला ।
कम्युनिष्ट भन्नेहरुलाई कयौं कम्युनिस्ट सिद्धान्त अनि राजनीतिसँग अन्तरसम्बन्धित प्रश्नको कुनै सान्दभिर्कता नै रहँदैन किनभने आफूलाई कम्युनिष्ट भन्ने आफू प्रगतीशीलबादी हुँ भनेर दावा गर्नेका लागि यो प्रश्न एउटा अस्तित्ववादी सोच मात्र रहेकोमा पनि प्रष्ट रहेको देखिन्छ। यो प्रश्न अनि यो प्रश्नको उत्तर मात्र अस्तित्ववादी प्रश्न वा उत्तर भन्नेमा तमाम कम्युनिस्ट विज्ञ नै रहेको देखिन्छ ।
३. तिनमा यो अस्तित्ववादी प्रश्न अनि उत्तर बाहेक बाँकी केही छैन । समाज आफैमा परिवर्तनशिल रहेको हुन्छ । परिवर्तनका क्रममा समाजले कयौं आरोह र अवरोहको सामना गरेको हुन्छ । यहि आरोह र अवरोहको क्रममा विभिन्न वादको जन्म हुन्छ । वादमा विश्वास गर्ने कैयौँ व्यक्ति विशेषको पनि जन्म समाजमा हुन थाल्दछ ।
जन्म भएका ती व्यक्ति विशेष बाट कयौं कार्यकर्ता हुन्छन् कयौ नेताहरु त कयौं क्रान्तिकारीका रुपमा स्थापित हुन्छ ।
जब समाजमा शासकको ज्यादती र निरंकुशताले चरम लादिन थाल्छ तब क्रान्तिकारी विचार अनि तिनका अवधारणालाई कयौले आत्मसाथ गर्न थाल्छन । अनि समनता हकहित अनि न्याय का लागि कयौं क्रान्तिकारीका आवाज उठ्न थाल्छ , र तिनै क्रान्तिकारीका आवाजका रक्तकुण्ज बाट कयौं शक्तिशाली निरंकुशता शासनव्यवस्था विश्व मानचित्रबाट हराउन बाध्य हुन्छन ।
२०१७ साल पश्च्यात नेपालमा उदाएका वामपन्थीको इतिहास नियाल्दा तमाम वामपन्थी कम्युनिष्ट आन्दोलनमा सरिक भएका व्यक्ति विशेषहरु वामपन्थी हुनकै लागि वामपन्थी भएका थिए । २०५१ सालमा सशस्त्र जनयुद्धका नाउँमा गरिएको वामपन्थी क्रान्ति पनि अवधारणागत नै रहेको थियो । खयर कालन्तरमा तिनको अवतरणले जे जस्तो निचोड निकालिएता पनि । इतिहासिक कालखण्डलाई नियाल्दा तमाम कम्युनिष्टहरु वास्तवमा नै कम्युनिष्ट हुनका लागि जन्मिएका देखिन्छन् । तिनको कम्युनिष्ट सोच अनि विचारले मुलुकमा लादिएको कयौं निरंकुश शासन व्यवस्थाको जरोलाई उखाली फाल्न सफल भएको पनि थियो । दुर्गम गाउँमा रहेका उत्पीडन थिचोमिचोमा परेका वर्ग समुदायका उत्थानका लागि यिनका भूमिका वास्तवमा नै प्रशंसायोग्य रहेको देखिँदा देखिँदै यिनमा कैयौं प्रश्न वर्तमानमा देखापरेका छन् । के वास्तवमा नै कम्युनिष्ट आन्दोलनले मुलुकमा विसर्जनको मार्ग लिएको हो त ? के कम्युनिष्ट अभियान नै समाप्त भएको हो त ? नत्र देशमा अहिले चौतर्फी कम्युनिस्ट मात्र छन् , फेरि खोजि हिड्दा कम्युनिष्ट खासे कतै भेटिँदैन ।
४. तत्कालीन कम्युनिष्ट नेता मदन भण्डारीले राजालाई राजनीति गर्छौ भने शृपेच फुकालेर आउ , भनेर काठमाडौंको कुनै एउटा आमसभामा बोलिएको त्यो भाषण लाई पछि गर्वका साथ आफूलाई कम्युनिष्ट भनाउँदाहरुले हाम्रा नेताले राजालाई खुलेआम च्यालेज गरे भनेर सबैभन्दा बढी प्रचार गरेको र शक्तिशाली भाषण बनाए । तर यदि गहिराईमा नियाल्ने हो भने राजा तिमी राजनीतिमा हस्तक्षेप नगर्नु तिम्रो स्थान दरबार हो हामी पूजा गरी राख्छौ भन्ने सार देखिन्छ । त प्रश्न उठ्छ यदि कम्युनिस्ट थिए भने तिनले राजालाई कहिल्यै स्वीकार्न सक्दैनन् । राजा मान्ने कहिले कम्युनिस्टनै हुने सक्दैन । जसका कारण स्वरुप कम्युनिस्ट आन्दोलनले सुरुवाती समय देखि नै धुल्मुले मार्ग लिएको देखिन्छ ।
कम्युनिष्ट आन्दोलन अनि तिनका अनुयायीहरु प्रति कैयौँ प्रश्न स्वत गराइराखेको देखिन्छ । सबै भन्दा आश्चर्य चकित विषय त ! देशमा राजा हुँदा पनि आफूलाई कम्युनिष्ट भनिरहे , हिन्दुवादी सोच मुलुकमा हुँदा पनि आफूलाई कम्युनिष्ट नै भनिरहेको , दक्षिणपन्थी हुँदै मुलुकमा दलाल पुँजीवादी विकास तीव्र गतिमा रहँदा पनि आफूलाई कम्युनिष्ट नै भनिरहे ।
जुन आफै कम्युनिष्ट प्रतिको ठूलो भ्रम हो । वास्तवमा यो कम्युनिष्ट चाहि हो के भन्ने प्रश्नले आज तमाम मन मष्तिक रनभुल्लमा परेका छन् ।
नेपालको राजनीतिलाई विशेषगरी कम्युनिष्ट राजनीतिसँग जोडेर भन्दा अहिले देशमा उपस्थित जतिपनि वर्ग छन् जो आफूलाई कम्युनिष्ट कार्यकर्ता र समर्थकहरु भन्न रुचाउने अधिकांश त्यहाँ कम्युनिष्ट बन्नुको पछाडि कुनै कम्युनिष्ट कारण देखिँदैन ।
विना कम्युनिष्ट कारणले आज कम्युनिष्ट आन्दोलनलाई मूर्तरुप दिलाउँछु भनेर सोच्नु यो भन्दा सरमको कुराहरु के हुनसक्छ । बिना वामपन्थी / कम्युनिष्ट दर्शनबाट प्रशिक्षितहरुले आफुलाई कम्युनिष्ट हु भन्नु बाँदर नै मान्छे हो र मान्छे नै बादर हो भन्ने सिवाय अरु केही हुँदैन जस्तो लाग्छ । राजनीतिक वाद अनिबप्रतिवादीलाई मञ्चन गर्दै विभिन्न दर्शनको मीश्रणलाई केलाउँदै यो नेपाली समाजमा कम्युनिस्टमा लागिएका पात्र वास्तवमा नै एकदम न्यून रहेको छ । जसको फलस्वरुप जताततै कम्युनिष्ट रहँदा पनि कम्युनिस्ट खोजी हिददा कम्युनिस्ट नभेटिनु सार हुनसक्छ । ५. पारिवारिक अभ्यास र संगतका कारण कम्युनिष्ट भएका र पछि जीविकोपार्जनको सवालले जोडिएकाहरुको समष्टिनै अहिलेको नेपालको बहुमत कम्युनिष्ट जनमत पनि हुनसक्छ ।
जसले गर्दा सुन्दा र हेर्दा कम्युनिष्ट देखिन्छ खोजी गर्दा वास्तवमानै बिलिन रहेको पाउछौ ।
२०७५ साल जेठ ३ गते आफूलाई कम्युनिष्ट भने नेपालका दुई ठूला दल नेकपा ( एमाले ) र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरण गरेर इतिहास निर्माण गरेको दाबी गरेका थिए । सुरुवाती कम्युनिष्ट नाउँमा जनतालाई ढाँट्दै आइरहेका बाट पार्टी एकीकरणका नाममा फेरि एकचोटि आफूलाई कम्युनिष्ट भन्दै जनतामाझ ठूलो भ्रम दिलाउन सफल भए । भ्रमको वास्तविकता आज वर्तमानमा प्रमाणित भएको प्रष्ट देखिन्छ । जबकि नेकपा एमाले एनेकपा माओवादीका सुरुवाती दृष्टिकोणमा तिनका व्यवहारिक र सैद्धान्तिक अवधारणामा फरकको रास देखापरेकै कारण तमाम तिनका सोचने विचार कम्युनिस्ट म्यानुफिस्टो बाट रहेकै कारण मुलुक यो अवस्थामा पुगिसकेको कम्युनिष्टका नाममा मात्र कम्युनिजम खरानी दलि देखिने फिरन्ते मात्र हुन् कम्युनिस्ट ।
खयर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्च्यात मुलुकलाई आसै नरहेता पनि कम्युनिष्ट नाउँको प्रयोगकै लागि भएतापनि पनि केहि प्रतिशतको रुपान्तरणको अपेक्षा गरेको थियो ।
कम्युनिस्ट बलमा दुई तिहाई मत प्राप्त गरी बनेको कम्युनिस्ट सरकारले आमजनताको न्यूनतम आधारभूत आवश्यकतामा केही सहज अपेक्षा गरेका थिए । लामो राजनीतिक अस्थिरताबाट स्थिर सरकारको परिकल्पना गरे लगत्तै कम्युनिष्ट सरकार पाउनु तमाम नेपालीको समृद्धिको यात्रा सँग जोडिएको थियो । तर भन्दा असाध्यै नमीठो लाग्छ यो देशमा गाउँमा खेती किसानी गरेर जीविकोपार्जन गर्ने लगभग ७० प्रतिशतभन्दा बढी किसानले यो देशमा कम्युनिस्टको सरकार रहेको प्रत्याभूति गर्नै पाएनन । चौतर्फी निजीकरण र नाफामुखी लाई बढावा दिएको मात्र देखियो ।
आफूलाई कम्युनिष्ट भन्दै सरकार , संसद् , न्यायालय , प्रशासन , संचारमाध्यम , नागरिक समाज आदि माथी निरंकुशता पूर्ण तवरले कब्जा गर्दै इमान्दारिताको नाङ्गो नाच देखाए ।