आज अर्थात जुन १४ क्रान्तिका महान नायक क. चे ग्वेभाराको ९३ औं जन्मजयन्ति हो । १४ जुन १९२८-९ अक्टोबर १९६७ मा ३९ बर्षको उमेरमा बोलिभियामा बिश्वका सर्वराहाबर्गको निम्ति अदम्य साहसका साथ आफ्ना छापामार साथीहरु सहित दुस्मनका बिरुद्व लडदालडदै साहादत प्राप्त गर्नु भयो ।
क. चे कुनै पद प्रतिष्ठाको निम्ति लालचि हुनुभएन्न बरु दर्जनौं राष्ट्रहरुमा चेले आफ्नो भेष बदल्दै महिनौं दिन सम्म जनताको घरमा श्रम गरेर युवापंक्तिलाई साथी बनाउदै जनमन जितेर जनताको निम्ति संघर्ष गरिरहनु भयो ।
क्युबाली सरकारको मन्त्री र मुख्य पद लाई त्यागी क्रान्तिकारीहरु कुनै सम्मान वा प्रतिष्ठाका लागि लड्दैनन्
भन्ने दर्बिलो आदर्श हुनुहुन्च्ग कमरेड चे । उहाँ त्यस्तो आदर्श बन्नु भयो । जहाँ कुनै क्युबाली परिवार छैनन् , कुनै क्युबाली आमाबुबा छैनन् जसले आफ्ना छोराछोरीलाई चे जस्तै आदर्शको निम्ति प्रेरित नगरुन् । उनीहरु भन्छन् हामी बच्चाहरुलाई चे जस्तै बनाउन चाहान्छौ । क. चे आफ्नो छोटो जीवनमा उत्साहित र रचनात्मक जीवनको प्रतीक बन्नु भएको छ । एक क्रान्तिकारी योद्वाका रुपमा , एक साम्यवादका रुपमा संसारभरिका ब्यक्तिहरुका लागि एक आदर्श , एक उदाहरण बन्नुभएको छ ।
सेप्टेबर ७ मा चेले आफ्नो डायरीमा आफैले आफैलाई प्रश्नोत्तर गरी लेख्नुभयो -के तिनिहरु डराएका छन् सम्भव छैन । अथवा के तिनिहरु यस्तो कदमलाई असम्भव ठान्छन् हामीले जे गर्यौ र तिनीहरुले जे थाहा पाए त्यसको आधारमा , मलाई त्यस्तो लाग्दैन । के तिनिहरुले हामीलाई एक निश्चित रणनितिक बिन्दुमा पुर्याउन खोजिरहेका छन् यो सम्भव छ ? हामी आवश्यक सामनाको निम्ति मेसीक्युरी क्षेत्र जानेछौ भन्ने कुरा तिनीहरुले ठानेका छन् यो पनि सम्भव छ ।
बोलिभियाली सरकारले उनी विरुद्व ठुलो एम्बुसको तयार गरिरहेको छ भन्ने कुराको बोध हुँदाहुँदै र त्यहाँको स्थानीय समुदायमा भारी संख्यामा सेना परिचालित छन् भन्ने कुरा थाहा हुँदाहुँदै पनि चेले सेप्टेम्बर १८ मा ८ दिने प्रदर्शन (कार्वाही ) को लागि आफ्ना छापामारहरलाई आदेश दिनुभयो । उनिहरु सडकमा देखिए उनीहरुलाई डराएका किसानहरु , सरकारमा स्थानीय निकायका कर्मचारीहरु र ५० हजार हजारको लोभ गर्नेहरु समेतले हेरे । चेको उद्वेश्य हिगुरस पुग्नु थियो , जहाँ खाना र अत्यावश्यक औषधीको प्रबन्ध हुनसक्ने उनको ठम्याइ थियो ।
त्यस क्रममा एउटा छापामार क. चापाकोलाई आदेशको अवज्ञा गरेको भन्दै ६ दिनको थप ड्युटी दिइयो र अनुशासनको कारबाही गरियो । क. अल चिनोलाई बिस्थापित गर्दै क. पोम्बो कमाण्डर भए । क. कम्बालाई क्याम्प छोडी जान अनुमति दिइसकेको थियो सेप्टेम्बर १३ मा पनि अर्को छापामार क.जमरोले पनि त्यस्तै गर्यो । र बाँकी अरु छापामारहरुले चेलाई समर्थ र सहयोग गरिनै रहे ।
यसको अतिरिक्त , छापामारहरु दिनमा पनि हिड्ने र नजिकको ठाउँ घुम्ने गर्न थाले , जहाँ उनिहरुका समर्थक थिएनन् । यो वास्तवमा छापामार युद्वको नियमको बिरुद्व थियो । यस्तो अवस्थामा उनीहरुप्रति घात हुने सम्भावना ठुलो थियो । छापामारहरु जे मन लाग्यो त्यही गर्न थाले । क. चेसहित छापामारहरु सेनाको एम्बुसमा परे । चेले तुरुन्तै पोजिसनमा रहन र उम्कन सबैलाई सतर्क गराए । त्यस अवस्था उनीहरु छिन्न-भिन्न भए । केही समयको पीडादायक पर्खाइपछि घाईते क. बेनिग्नो देखिए , उनीपछि क. अनिसिटो र पाब्लिटो आए । तर त्यहाँ क.मिगुयल , कोको र जुलियो मारिए । क . काम्बा भाग्न सफल भयो । त्यस भिडान्तपछि ईन्टी र लियोनसँग सम्पर्कबिहिन भयो । इन्टी फर्कियो र लियोन भागेको खबर ल्यायो । छापामारहरुलाई लुक्न छिप्न समेत गार्हो भइरहेको थियो । सेनाको ग्यालिन्डो कम्पनीबाट उनीहरुलाई कारबाही गरिएको कुरा क. चेले रेडियोबाट थाहा पाए । क. काम्बा र लियोन स्वतन्त्र भए । मिगुयल , कोको र जुलियोको लासलाई सनाखतको लागि भेलेग्रानडे लगिएको थियो र रेडियोमा क. चे आफूसमेत मारिएको खबर सुने । चिलियन रेडियोमा चाहि उनी क्यानोनको जंगलमा सेनाद्वारा घेरिएको खबर आयो ।
सेप्टेम्बर ३०, १० बजे राती क. चेले ग्रान्डे नदितिर जाने निर्णय गरे , जुन नदी उनीहरु बसेभन्दा दुई किलोमिटर पर थियो । बेनिग्नो र अल चिनो घाईते थिए । उनिहरु सबै जंगलमा घिस्रिदै हिडिरहेका थिए ।
अक्टोबर ३ मा क. चेले रेडियोमा खबर सुने कि लियोन क. इकम्बा पक्राउ परेछन् । उनी सेनासँग कुरा गरिरहेका थिए । उनिहरुले चेको बढ्दो रोगको बारेमा पनि कुरा गरेका थिए । यस बारेमा क. चेले नोट गरे – दुई बहादुर छापामार योद्वाहरुको कथा यसरि अन्त्य भयो । अक्टोबर ७ मा चिलियन रेडियोले बोलिभियाली बन्देजलाई नटेरी समाचार प्रसारण गर्यो कि अठार सयभन्दा बढी सेना छापामार युद्वका बिरुद्व परिचालित भएको खबर क. चेले सुने । क्यानोनको जंगलमा एउटी बाख्रा गोठालो बुढी महिलालाइ भेटे । त्यहाँ क. चे सहिद १६ जना बाँकी छापामारहरु बसेका थिए । बोलिभियाली सेना र उनीहरुबीच हेर्दा ठुलो भिन्नता देखिदैनथ्यो ।
क. चेले आफ्नो डायरीमा अन्तिम निष्कर्ष उल्लेख गरे – १७:३० बजे इन्टी, अनिसिटो र पाब्लिटो त्यस बुढी महिलाको घर गए । जहाँ उसकी एउटी कुँजी र अर्की बामपुड्की छोरी थिए । उनलाई ५० पेसो दिइयो र कसैसँग भेट बारे कुरा नगर्न भनियो । तर उनी आफ्नो वाचामा अडिग रहिरहिन्छन् भन्ने कुरामा हामी ढुक्क भने थिएनौ । हामी १७ जना जुनको मन्द प्रकाशमा क्यानोनको जंगलमा हिड्न सुरु गर्यो हामी धेरै हिड्यौ र थकित पनि भयौ । २ बजे हामीले आराम गर्यौ । किनभने योभन्दा अगाडि जानुको कुनै अर्थ थिएन । रातको यात्रमा अल चिनो साँच्चैको समस्या भए । सेनाले अनौठो समाचार जारी गर्यो , उनीहरुको बाटो छेक्न सेरानोमा २५० जना तैनाथ थिए , सेनालाई नम्बर सैतीस (३७) ले भनेको थियो । ती सेनाहरु हामी लुकेको ठाउँमा परिचालित थिए ,
अर्कोदिन , क. चे र उनका छापामार साथीहरु रातमा आराम गर्ने सुरमा थिए । उनीहरु सेनालाई अलि पर भगाएर ढुक्क हुन चाहन्थे तर सेनाहरुको ठुलो संख्याको उपस्थिति देखेर उनीहरु छक्क परे । छापामारहरुले आ-आफ्ने सुरक्षाका लागि पोजिशन लिए र एकअर्कोलाई देख्न पनि नसक्ने अवस्थामा पुगे । उनीहरुले केहि घण्टा भिडान्त गरे । क. चेको बोलिभियाली डायरीको परिचय खण्डमा क. फिडेलका अनुसार चेको छेउमा रहेका कुनै छापामार जिउँदा थिएनन् । डाक्टर र एक पेरुभिनको हालत गम्भीर थियो । डाक्टरको केहि दिनमा मृत्यु भयो । क. बेनिग्नो , क. पोम्बो र इन्टी भाग्न सफल भए पनि पछि एम्बुसमा परे । दुबै खुट्टामा गोली लागि घाईते भएका बिश्व क्रान्ति नायक क. चे लगातार लडी नै रहे , बन्दुकको गोली नष्ट नगरिन्जेलसम्म उनीसँग रहेको पेस्तोल म्यागजिनको अभावमा बेकार भयो र अन्त्यमा बोलिभियाली सेनाले चेलाई पक्रियो र उनलाई हिगुरस ल्याइयो । त्यहि क. चेलाई गोलीहानी मारियो । म सशस्त्र संघर्षमा बिश्वास गर्छु , मुक्तिकामी जनताहरुको लागि यो एउटै मात्र राम्रो उपाय हो र म यहि आस्था अनुसार चल्छु । धेरैले मलाई एक साहसिक ब्यक्ति ठान्लान् तर म भिन्न छु , जसले आफ्नो बिचारलाई प्रमाणित गर्न जोखिम मोल्छु । सधै चे साहासका धनि मात्रै थिएनन् कि छापामार गुरिल्ला युद्वकलाका प्रवर्द्धक हुनुन्थ्यो । त्याग बलिदान संसारभरिका क्रान्तिकारीहरुको निम्ति उर्जा दिने आदर्श हुनुहुन्थ्यो ।
विश्व सर्वहारा बर्गका लागि एक महान आदर्श कमरेड चे – लालसलाम !
यो संक्षिप्त लेख महान आदर्श कमरेड चे को ९३ औं स्मृतिमा तयार पारिएको हो ।
लेखक : लोकेन्द्र बिश्वकर्मा क. सुजन