संशोधनबादको असफलतालाई बुझ्नका निम्ति पहिले मार्क्सबादको बारेमा जानकारी लिन आवश्यक हुन्छ । मार्क्सबाद सर्वहारावर्गको मुक्तिको सिद्वान्त हो । मार्क्स र एङगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्रमार्फत् यस सिद्वान्तको प्रतिपादन गर्नुभएको हो । मार्क्सबाद सर्वहारा क्रान्तिको बिज्ञान हो । मार्क्सबादको दर्शन द्वन्द्वात्मक तथा ऎतिहासिक भौतिकबाद हो। । मार्क्सबादी दर्शन सर्वहारावर्गको बिश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऎतिहासिक भौतिकवाद भनिन्छ।
यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो बिकास प्रक्रियाका बिचबाट भएको हो । मार्क्सबादका तीन सङघटक अङ्ग छन् । दर्शनशास्त्र , राजनितिक अर्थशास्त्र र समाजबाद । मार्क्सबादी दर्शनको प्रतिपादनले दार्शनिक फाँटमा ठुलो क्रान्ति ल्याइदियो र बिश्व सर्वहारावर्गले आफ्नो मुक्तिको जब्बर बैज्ञानिक तथा क्रान्तिकारी सिद्वान्त प्राप्त गर्यो । मार्क्सबादको मार्क्सबाद -लेनिनबाद-माओबाद गरी तीन गुणत्मक चरणमा बिकाश गरिसकेको छ ।
मार्क्सबादी चरणको कुरा गर्दा मार्क्सबाद सर्वहारा क्रान्तिको बिज्ञान भएको नाताले यो पुँजीवादको प्राराम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऎतिहासिक भौतिकवाद अत्तिरिक्त मूल्यको सिदान्त बर्गसंघर्ष तथा इतिहासमा बल प्रयोग भुमिका र बैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभुत मान्यता छन् । मार्क्सबादी दर्शनको सिद्वान्त भौतिकवाद हो ।
मार्क्सबादको गुणात्मक बिकासको दोस्रो चरण लेनिनबाद हो पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान बिज्ञानका बिबिध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सबादलाई नयाँ उचाइमा बिकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकता बिचबाट लेनिनबाद को जन्म भएको हो । मार्क्सबाद -लेनिनबादको गुणात्मक बिकासको तेस्रो र नयाँ चरण माओबाद हो । मार्क्स र एगेल्सले मार्क्सबादको प्रतिपादन मात्रै गर्नुभएन मार्क्सबादको रक्षा र बिकासको लागि अन्तराष्ट्रिय मजदुर आन्दोलनमा बिधमान अराजकतावाद र अबसरबादको बिरोधमा मार्क्स -एगेल्सले जोडदार संङघर्ष चलाउदै आउनुभयो । पुँजीवाद साम्राज्यवादको चरणमा प्रवेश गरेपछि संशोधबादको मुख्य स्रोत ब्यक्तिबाद, पुँजीवाद र साम्राज्यवाद हो । निम्न पुँजीवाद यसको मुख्य आधार हो । संशोधनबादमा केहि हदसम्म अराजकताबाद र मुख्यतः अवसरवाद सम्मिश्रित भएको पाइन्छ ।
मार्क्सबादका तिनवटै सङघटक अंङ्गहरुको तोडमोड तथा अपब्यख्या गर्नु संशोधनबाद हो । मार्क्स एगेल्सले अाफ्नो जीवानकालमा कम्युनिष्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पुँजीवादी बिचारधाराका बिरुद्व कडा सङघर्ष चलाउनु भयो जसमा फ्रान्सका प्रुँधो रुसका बाकुनिन जर्मनीका लासाल तथा ड्युहरिङ सहित तिनका पक्षधरहरुका बिचार प्रमुख रहेका छन ।त्यसपश्चात उन्निसौँ शताब्दीको अन्त्यतिर अर्थात सन् १८९६-९८ तिर युरोप केन्द्रध्ये मानिने जर्मनी बाट भयो । यसको सुत्रधार जर्मनीका निम्न पुँजीवादी राजनितिज्ञ एवम् मजदुर आन्दोलनका अवसरबादी नेता एड्बर्ड बर्नस्टिन हुन । त्यसबेला युरोपमा एकातिर पुँजीपति वर्ग र उसको सत्ता थियो भने अर्कोतिर क्रान्तिकारी एवम् बिद्रोही सर्वहारा मजदुर वर्ग र उसको बिद्रोह थियो । यी दुई बर्गविचमा भीषण बर्गसंघर्ष बिद्रोह र सत्ताको लागि क्रान्तिहरु चलिरहेका थिए ।
पुँजीपति बर्ग र सर्वहाराबर्गको बिचमा ढुलमुलाइरहने निम्न पुँजीपतिबर्ग पनि ठुलो संङख्यामा अस्तित्वमा थियो । पुँजीपतिबर्गले पुँजीवादी ब्यवस्था निरन्तर संञ्चालन गर्न चाहन्थ्यो भने सर्बहारावर्गले बैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्थ्यो । यी दुइ बर्गको बिचमा ढुलमुलाइरहेको निम्न पुँबादीबर्गले मध्यमार्गी सम्झौताको बिचार खोजिरहेको थियो । यहि निम्न पुँजीवादी आधारलाई जमिन बनाउदै संसदबाट समाजबाद जन्मउने शान्तिपूर्ण रुपले समाजबाद निर्माण गर्ने घोर काल्पनिक मुर्खतापुर्ण सपना उडाउँदै संशोधनबादको जन्म हुन पुग्यो । बर्नस्टिनले कार्ल मार्क्स र एगेल्सको निधनपछि समाजवादी जनबादीको नाममा मार्क्सबादका आधारभुत सिद्वान्त बिचार र राजनितिलाई उल्टोतिर सशोधन गर्न पुगे ।
बर्नस्टिनले बिश्वको राजनितिक परिस्थिति मार्क्स – एगेल्सको भन्दा नयाँ र फरक भइसकेकोले मार्क्स- एगेल्सले भने अनुसार मात्र क्रान्ति हुन नसक्ने ती सिद्वान्त र बिचारलाई परिवर्तन गर्नु पर्ने बिचार प्रस्तुत गरे ।
बर्नस्टिनले समाजबादका लागि वर्गसंघर्ष सशस्त्र संघर्ष बल प्रयोग क्रान्ति सर्वहारा अधिनायकत्व प्रयोग गर्न नहुने यो प्रयोग गर्नु गल्ती हुने धारणा निर्माण गरे बर्नस्टिनको तर्क पुँजीवादभित्र लोकतान्त्रिक चरित्रको बिकास भइसकेको जनताको मत निर्णायक बन्न थालेकोले संसदीय ब्यवस्थाभित्रैबाट चुनावी प्रतिस्पर्धाको बाटो पकडेर सदन र सरकारमा पुग्न सकिने साथै त्यहीबाट पुँजीपति वर्गसँग सम्झौता सहअस्तित्व सहकार्य सुधार गर्दै समाजवाद प्राप्त गर्न सकिने धारणा अघिसार्यो र वर्नस्टिनले मार्क्सका आधारभुत सिद्वान्तको संशोधन गर्दै भने सर्वहारा अधिनायकत्व होइन आलोचनाको स्वतन्त्रतासहितको ब्यवस्था आवश्यक छ भन्नुभएको यो कुरा सरासर गलत छ।
दार्शनिक पद्वतिको क्षेत्रमा संशोधनबादले क्रान्तिकारी द्वन्द्वबादको बिरोधमा भँडुवा बिकासबाद शान्तिपूर्ण बिकासको पक्षपोषण गर्दछ । ऐतिहासिक भौतिकवादका क्षेत्रमा मार्क्सबादले इतिहासमा बल प्रयोगको भुमिकालाई अङ्गीकार गर्दछ तर संशोधनबादले यसको बिरोधमा शान्तिपूर्ण सङ्क्रमणको सिद्वान्त र संसदबादी राजनितिलाई मान्छ । मार्क्सबाद सर्वहारावर्गको अधिनायकत्वको पक्षमा छ तर यसको बिरोधमा शान्तिपूर्ण सङक्रमणको सिद्वान्त र संसदबादी राजनीति लाई मान्छ ।
मार्क्सबाद सर्वहारा वर्गको अधिनायकत्वको बिरोध र अमूर्त जनबाद वा सबैका लागि लोकतन्त्रको कुरा गर्दछ । मार्क्सबादको बिकाशसँगै संशोधनबाद पनि बिकसित हुँदै आयो । संशोधनबादले आधुनिक संशोधनबादका जन्मदाता खुश्चोभमा गएर एउटा उत्कर्ष प्राप्त गरेको छ ।
उनले सर्वहारावर्गको कम्युनिष्ट पार्टीलाई सम्पूर्ण जनताको पार्टी सर्वहारावर्गको अधिनायकत्व आधारित राज्यलाई सम्पूर्ण जनताको राज्य र सशस्त्र सङघर्षका सिद्वान्तलाई शान्तिपूर्ण सङ्क्रमणको सिद्वान्तमा गिराउने काम गरेको छ ।
सन् १९१७ देखि सन् १९१९ मा पुग्दा संशोधनबादको पहिलो पराजयभयो । यो सङघर्ष मुख्य रुपले कम्युनिष्ट र संशोधनबादीहरुका बिचमा बैचारिक एवम् राजनितिक दृष्टिकोणमा भएको थियो । कम्युनिष्टहरुको नेतृत्व लेनिनले गर्नुभएको थियो भने संशोधनबादको नेतृत्व बर्नस्टिन र मेन्सेभिकहरुले गरेका थिए । अबको समयमा समाजवादका लागि बर्गसङ्घर्ष बल प्रयोग बिद्रोह र क्रान्तिको बाटो हिड्न नपर्ने शान्तिपूर्ण बाटोबाट नै समाजवादमा पुग्न सकिने ढृष्टिकोण अगाडि सारे । उनको तर्क थियो कि राज्यमा आलोचना र प्रधिस्पर्धा आबश्यक हुन्छ । त्यो भनेको पुँजीवादी संसदभित्रैबाट पनि चुनावी प्रतिस्पर्धा गर्दै समाजवादमा पुग्न सकिन्छ भन्ने हो र क्रान्तिकारी बिचारको बिरुद्व मार्क्स-एगेल्सको निधनपश्चात बर्नस्टिनले संशोधनबादी बिचार अगाडि ल्यायो । उसको बिचारबाट यूरोपको समाजवादी मजदुर आन्दोलनको एक भाग बिचलित हुन पुग्यो । संशोधनबाट बिशेषत:फ्रान्स , जर्मनी, हल्यान्ड, ब्रीटेन , अष्ट्रीया समाजवादीहरु प्रभाबित
भए । केहि नेताहरु पुँजीवादी सरकारमा समेत सहभागी बन्न पुगे । कमरेड लेनिनले संशोधनबादका बिरुद्व तिखो बैचारिक राजनितिक सङ्घर्ष चलाउनु भयो । साथै उहाँको नेतृत्वमा सबै कम्युनिष्टद्वारा अन्तराष्ट्रियस्तरमा संञ्चालन गरियो त्यसै समयमा दोस्रो कम्युनिष्ट आन्दोलनमा देखापरेको अर्को समस्या काउत्स्कीको सामाजिक अन्धराष्ट्रबाद बिरुद्व पनि लेनिनले पेचिलो सङ्घर्ष गर्नुभयो । सशोनबाद र सामाजिक अन्धराष्ट्रबाद बिरोधी सङघर्षमा लेनिनले जब सन् १९१७ मा रुसमा महान अक्टोबर क्रान्ति सफल भयो र पहिलो बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना भयो । तब बर्नस्टिनबादी संशोधनबादबिरुद्वको सङघर्षले एक तहको सफलता प्राप्त गर्यो ।
सन् १९९० वरिपरि संशोधनबादीहरुले संञ्चालन गरिरहेको समाजवादी सत्ताहरु बिघटित भए । बैचारिक राजनितिक मोर्चामा क्रान्तिकारीहरुबाट पहिले नै परास्त भएको संशोानबाद ९० को दसकमा पुग्दा पुँजीवादी मोर्चाबाट पनि धुलोपिठो हुन पुग्यो ।
लेनिनको निधपछि सुदृढ नभइसकेको सर्वहारा बर्गीय सत्तालाई ढाल्न र सत्तको नेतृत्व कब्जा गर्न साम्राज्यवादी सग मिलेर संशोधनबादी गद्दारहरुले अनेकौँ षड्यत्र गरे । रुसी मजदुर आन्दोलनमा अवसरवादी बिचार बोकेका पार्टीका धेरैपटक बिवादमा परेका ट्राटस्की , बुखारिन र अक्टोबर क्रान्तिमा गधारी गर्दै भागेका कामेनेव , जिनोनेवहरुले कमरेड स्टालिन लाई असफल पार्न र सत्ताबाट हटाउन अनेकौँ उपद्रोहरु मच्चाए उनिहरुले सत्ताच्चुत भएका पुँजीवादी तत्वहरु मेन्सेभिक र सामाजिक क्रान्तिकारी रहलपहल जत्थासँग मिलेर हड्ताल गराउने तोडफोड गर्ने कारखानाहरुमा बम पडकाउने कूकार्यहरु गरे । ती तत्वहरुको सन् १९३४ मा युबा कम्युनिष्ट नेता किरोभको हत्यासम्म गर्न पुगे तर पनि ती प्रतिक्रान्तिकारी संशोधनबादीहरुलाई कमरेड स्टालिनको नेतृत्वमा रुसी सर्वहाराबर्गले धुलोपिटो पारिदियो । संशोधनबाद पराजय हुन पुग्यो ।
कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी र अन्य क्रान्तिकारीहरुले तिखो बैचारिक राजनितिक सङघर्ष संञ्चालन गरेर माओको नेतृत्वमा चलेको यो सङघर्षमा बिश्वभरिका क्रान्तिकारीहरुले भाग लिए महान सङघर्ष गरिरहेकै समयमा खुश्चोभी संशोधनबाद चीन भित्र पनि संशोधनबादी हावा फैलिन थाल्यो । ल्यु साओ चीको नेतृत्वमा सर्वहारासत्ता कब्जा गर्ने र चिनलाई पुँजीवादतर्फ फर्काउने कोसिस गरियो । माओले यो अबस्था देखेपछि चिनियाँ संशोधनबादी र पुँजीवाद पन्थीहरु बिरुद्व सन् १९६६ देखि महान सर्वहारा सास्कृतिक क्रान्ति संञ्चालन गर्नुभयो । माओले नारा दिनुभयो पुँजीवादी मुख्यालयमा बम वर्षा गर सर्वहारा राजनितलाई शीर्षस्थानमा राख माओले समाजवादी ब्यवस्था संरक्षणका लागि निरन्तर क्रान्तिको सिद्वान्तको बिकास गर्नुभयो । चिनियाँ क्रान्तिकारी र बिश्वभरीका क्रान्तिकारीहरुलाई संशोधनबाद बिरोधी सङघर्षलाई निरन्तर सञ्चालन गर्न आव्हान गर्नुभयो । अफसोच महान सर्वहारा सास्कृतिक क्रान्ति पुरा गर्न नपाउँदै सन् १९७६ मा कमरेड माओको दुःखद निधन हुन पुग्यो । एकहदसम्म महान सर्वहारा सास्कृतिक क्रान्तिले संशोधनबाद लाई छेदबिछेद हुने अवस्थामा पुर्यो बिश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरु लाई उत्साह थपेको थियो र संशोधनबादीहरु टाङ्गमुनी पुच्छर लुगाउने अवस्था ल्याई दियो ।
नेपालको सन्दर्भमा पनि संशोधनबाद पुरानै रोग हो । बिश्वमा जहाँ सर्वहारावर्गीय आन्दोलन हुन्छ त्यहाँ संशोधनबाद पनि संगसंगै जन्म लिने हुनाले नेपाल त्यसको अपबाद हुने कुरो भएन २००६ साल देखि सुरु भएको कम्युनिष्ट आन्दोलन लाई संशोधनबादले जब्बरसँग गाँज्दै ल्यायो । मनमोहन अधिकारी , केशरजङ रायमाझी, तुलसीलाल अमात्य आदि आरम्भकालीन संशोधनबादी नेताहरु थिए ।
पछिल्लो चरणमा मदन भण्डारी ,माधव नेपाल , झलनाथ खनाल , केपि ओली , सिपि मैनाली , रोहित, एमबी सिह आदि हुन आउछन । २०५२ साल देखि जनयुद्वको नेतृत्व गरेका प्रचण्ड ,बाबुराम ,बादल पनि एडवार्ड बर्नस्टीन कार्ल काउट्स्की खुश्चेव ब्रझाेभ देङ् सियाओ पिङ् टिटो ल्यु साओ ची कै बाटो समातेर नबसंशोधनबादी हुन पुगे ।
मार्क्सबादमाथि सबै संशोधनबादीहरुले धावा बोल्छन र त्यसलाई तोडमोड गर्छन र सच्चा मार्क्सबादीहरुले जे-जे बोल्छन र जे-जे गर्छन तिनिहरुले पनि त्यहीँ -त्यहीँ बोल्छन र गर्छन पार्टीको नाम पनि त्यहीँ – त्यहीँ राख्छन । र जनतालाई हामी नै कम्युनिष्ट पार्टी हु भनेर नराम्रो तरिकाले झुकाउने काम गर्छन । कम्युनिष्टको नाममा भोट माग्छन जनताको काम गरीदिन्छु बिकास गर्छु आदि कुरामा जनतालाई भ्रम सृजना गरेर सत्तामा पुगेका संशोधनबादीहरु राजनितीक, बैचारिक, सास्कृतिक, आर्थिक रुपमा एकदमै असफल र निकम्मा साबित भैसकेका छन ।
लोकेन्द्र बिश्वकर्मा ‘सुजन’
नेपाल कम्युनिष्ट पार्टीका युबा नेता हुन ।