नेपालको श्रमजीवीवर्गको आन्दोलन पुर्णरुपमा नभए पनि केहि आंशिक रुपमा पटक पटक हुँदै आएको छ । कहिले प्रजातान्त्रिक आन्दोलन सारथि बनेर त कहिले समाजवादी आन्दोलनको अग्रदस्ता बनेर हजारौं सपनाको थाक लगाउँदै “दलाल पूँजीवादी व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादको वेग बनेर क्रान्तिको बाँकी कार्यभार हाम्रो सामु ठिङ्ग उभिएको छ ।
नेपालको राजनैतिक आन्दोलन यहाँसम्म आउने क्रममा श्रमजीवी वर्गको मुख्य भूमिका रहेको कुरामा कुनै शंका छैन । तर विडम्बना राजनीतिक आन्दोलनमा पटक पटक प्रयोग र धोकाको शृङ्खला २००७ साल अघि र पछि निरन्तर कसिलो बनेर आउने गरिरहेको छ ।
“१९१७ को रुसी क्रान्तिको बेलामा क.लेनिनले मजदुरवर्गलाई हस्तक्षेपकारी र निर्णायक विद्रोहको भूमिका खेल्न अग्रदस्ता सिपाही भएको सत्य र उत्तेजित मिठो र लोकप्रिय सब्दहरुको सङ्गालोले घेराबन्दी गरेर व्यवस्था परिवर्तनको आन्दोलनको नाममा निर्देशन गर्दै आफ्नो स्वार्थ पूर्तिको लागि पुंजीवादी संग नाटकीय रुपमा केही दलाल गलत सम्झौता गर्न सफल भएका छन् ।
हामी यस्तो खालका असिमित धोकेबाजहरुको भण्डाफोर गर्दै नेपालको श्रमिक आन्दोलन सपाट, बस्तुनिस्ठ साथै निकै सान्दर्भिक ढंगबाट श्रमिक वर्गको मुुक्ति चाहने सबैलाई गोलबन्द गराउदै वैज्ञानिक समाजवादी क्रान्तिलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने अवस्था हाम्रो सामु उभिएको छ ।
आजको सन्दर्भमा हामीले आम श्रमिक जनता संग यस्तो विश्वास सहित प्रतिवद्धता दिनु पर्न्ने भएको छ । मजदुर वर्गमा पूर्णरुपमा समर्पित हुने अर्थात मजदुर वर्गको अधिकार संग खेलवाड नगर्ने, आफ्नो सम्पूर्ण गतिविधिहरुलाई मजदुर वर्गको अधिकार प्राप्तिसंग जोड्ने, आफुले खेल्ने भूमिकाको बारेमा आफै बोल्ने, आफ्नो जिम्मेवारीको बारेमा आफै बोल्ने, पुरानो तरिकाले होइन नयाँ तरिकाले सोच्ने, विधान, विधि र पद्दतिमा चल्ने र चल्न सिकाउने कार्यको बिकाश गर्दै एउटा सिपाही, वैचारिक, संगठनात्मक, योजनागत र भावनात्मक केन्द्रीकरणबाट मात्र हामी सफल हुन सक्दछौं भन्ने कुरालाई सधै केन्द्रमा राख्दै सुनामी तुफानको वेगमा क्रान्तिको बिगुल फुक्दै मजदुरवर्गसंग मिल्ने आचरण, संस्कार, जीवन शैली अपनाउने र समाजवादी क्रान्तिमा लाग्ने प्रतिवद्धताका साथ नेपालको क्रान्तिकारी मजदुर संगठनलाई निरन्तर संघर्षको मैदानमा उभ्याउनु छ । तत्काल तलव भत्ता सुविधा बढाउने, श्रम ऐन र समाजिक सुरक्षा ऐन कार्यन्वयनमा लाग्ने प्रतिवद्धता गर्दै, राजनीतिक परिवर्तनका लागि ठिक राजनैतीक विचारधारालाई आत्मसात गर्दै समयको माग अनुसार आफुहरुलाई तयार गरौं । आफ्नो जिम्मेवारी आफैले पुरा गर्ने प्रतिवद्धताका साथ अबको क्रान्तिकारी कार्यदिशा तय गर्दै बर्तमान अबस्थामा सर्वहारा श्रमिक वर्गको कार्यभार के हुने भन्ने बारेमा पनि सचेत हुनुपर्दछ ।
राजनीतिक आन्दोलन मूलतः दलाल संसदीय व्यवसस्थामा अभिव्यक्त हुन पुगेको छ त्यसैले
प्रतिगामी तथा यथास्थितिवादीसंगको संघर्ष त्यतिकै महत्वपूर्ण बन्दै गएको छ । सडक संघर्षमा साथ दिनुका साथसाथै अब सर्बहारा श्रमिक वर्गले आर्थिक—सामाजिक— सांस्कृतिक रुपान्तरणमा बिशेष ध्यान दिन जरुरी छ । यसका लागि श्रमिकहरुले अब बिभक्त भएर होईन बरु झन एकिकृत भएर एकताभाव प्रदर्शन गर्नुपर्दछ । ‘सर्बहारा वर्गका लागि गुमाउनका लागि केहि छैन र जित्नका लागि सारा संसार छ’ भन्ने भनाइलाई स्थापित गर्दै यतिबेला सर्वहारा श्रमजीवि वर्गले धेरै कुरा जित्नु छ र त्यस जितको स्वामित्व लिन श्रमजीवि जनताले क्रान्तिका कार्यभारहरुलाई केन्द्रमा राखेर आफ्नो सत्ता निर्माणका लागि टाउकोमा कफन बाँधेर निस्कनु जरुरी छ ।
क, राष्ट्रियता, जनतन्त्र, श्रमिक आन्दोलन
मुलुकमा युगान्तकारी, ऐतिहासिक तथा क्रान्तिकारी परिवर्तनमा खडेरी देखा पर्नु, राष्ट्रियता माथि गम्भीर खतरा र जनतन्त्र माथी आघात कायम नै रहनु हो । यसको परिणाम भारतीय प्रभुत्ववाद झन हावी हुँदै जानु, विश्व साम्राज्यवादको हस्तक्षेप झन वृद्धि हुँदै जानु र राष्ट्रिय सुरक्षामा आँच आउनु हो । सत्ताका यस्तो कृयाकलापले जन-जीवन झन कष्टकर हुँदै गएको छ । संक्रमणकालीन बिकृति, बिसंगति, अराजकता, कृतिम अभाव जस्ता क्रियाकलाप चलिरहेको छ । यस अवस्थाको अन्त्यको लागि आफुलाई तयार राख्न र जुनसुकै प्रकारको संघर्ष गर्नु परे पनि आफुलाई तयार राख्नु क्रान्तिकारी मजदुर आन्दोलनको प्राथमिक कार्यभार हो ।
ख) आर्थिक रुपान्तरण
नेपाल दलाल संसदीय पुजीवादीको चरणमा भएकाले नेपाली अर्थतन्त्रमा कुनै फेरबदल आउने कुनै सम्भावना हुने कुरै भएन तसर्थ स्वाधिन, स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बिकास गर्नु अनिवार्य आवश्यकता हो । यसका लागि राष्ट्रिय पुंजीको संरक्षण, प्रबर्धन तथा बिकास गर्नु मजदूर बर्गको प्राथमिक कार्यभार हो । राष्ट्रिय पुंजीको बिकासका क्रममा मजदुरहरु स्वयंम उत्पादनमा मात्र नभै बितरणमा पनि सहभागी हुनुपर्दछ । त्यसैले अहिलेको मजदुर आन्दोलन उद्योग, कलकारखाना वा उत्पादनका श्रोत साधनमा नियन्त्रण, परिचालन प्रक्रियामा सहभागी हुन पाउने प्रावधान सृजना गर्ने दिशामा केन्द्रित हुनुपर्दछ । त्यसै गरेर स्वयंम श्रमिकवर्गले नै सहकारी आन्दोलन मार्फत उत्पादन प्रक्रियाको नियन्त्रण, नियमन तथा बितरण प्रकृयाको नेतृत्व गर्नु पर्ने अवस्था आएको छ भने सामुदायिक जीवन प्रणाली मार्फत सामुदायिक उत्पादन प्रणालीको विकासमा लाग्नुपर्दछ । यस प्रकृया अन्तरगत पुंजीपति वर्गसंग पनि सहकार्य गर्दै उनीहरुका हितको रक्षा गर्नु पनि श्रमिकवर्गको कर्तब्य हुन पुगेको छ । यसरी राष्ट्रिय पुंजीको रक्षा र विकासका लागि श्रमिक वर्ग लाग्नुपर्दछ ।
ग) सामाजिक रुपान्तरणका लागि श्रमिक
ऐतिहासिक श्रमजीवि जनतामा सामाजिक सुरक्षा सम्बन्धि बिशेष ब्यबस्था गर्नु अनिवार्य छ । आम रुपमा मुलुकमा अख्तियार गरिने नीतिले मात्र मुलुकका सदियौँदेखि बिभेदमा पारिएका वर्ग, समुदाय वा समूहको उत्थान वा मुक्ति हुन नसक्ने मात्र होईन सामाजिक सन्तुलन समेत कायम हुन सक्दैन । त्यसैले वर्तमान अन्तरिम संक्रमणकालका लागि बिशेष वर्ग, समुदाय वा समुहका लागि बिशेष सामाजिक सुरक्षा नीति अख्तियार गर्नु पर्दछ । सामाजिक सुरक्षा बिशेष ब्यबस्था गर्नुको मूल ध्येय भनेको सदियौँदेखिको विभेदकारी ब्यवहार तथा नीतिहरुको अन्त्य गर्नु हो । त्यसैले लिङ्ग, जात, धर्म, शारीरिक अबस्था वा भौगोलिक अवस्थितिका कारण कोही पनि नागरिकमाथिको विभेदको अन्त्यका लागि क्रान्तिकारी श्रमिक आन्दोलनको सकृयता बढाउनु पर्दछ । मानवद्वारा मानवमाथि गरिने शोषणको अन्त्यका लागि बिशेष कार्यक्रम तय गरी उक्त शोषणको बिरुद्धमा आफुलाई उभ्याउँनु पर्दछ र श्रमिक वर्गको आफ्नै सत्ता स्थापनामा जोड दिदै क्रान्तिको मुख्य कार्यभार बनाएर लागि पर्नुपर्दछ।
घ) साँस्कृतिक रुपान्तरका लागि श्रमिक
शोषण, दमन, अन्याय, अत्याचार र असमानताको सिकार भएका नेपाली जनताले दलाल पुजींवाद बिरुद्ध निरन्तर संघर्ष गर्दै आईरहेको भए पनि प्रत्येक आन्दोलन भित्र पुजींवादको नशा छिरेको छ ।
ती नशाहरु मार्फत पुरानै संस्कार र पुरानै सांस्कृतिले सृजित भएका रगत बगिरहेको छ । यस अबस्थामा मजदुर आन्दोलनले आफुभित्र रहेको दलालीपनको पहिचान गरी त्यसलाई निषेध गर्ने अभियान संचालन गर्नुपर्दछ । श्रमिक आन्दोलनमा त झन आर्थिक, सामाजिक तथा सांस्कृतिक लम्पटीकरणले पनि आश्रय पाईरहेको हुन सक्ने अबस्थामा यस आन्दोलनलाई महत्वका साथ उठाउनु पर्दछ । यस संघर्षको प्रतिफल भनेको नव मानवको सिर्जना हो । यतिबेला मुलुकमा नयाँ अन्तरवस्तु र रुपका साथ नवमानवको आवश्यकता छ । सबभन्दा महत्वपूर्ण कुरा भनेको बिगतमा आफुले अख्तियार गरेको असान्दर्भिक तथा असामयिक नीति, सोच, बिचार, बानीबेहोरा, क्रियाकलाप तथा कार्यक्रमलाई परित्याग गर्न तयार हुने र धरातलीय यथार्थका आधारमा नयाँ नीति तथा कार्यक्रमलाई अख्तियार गर्न तयार पार्नु हो । अर्थात नयाँ संस्कृतिको सिर्जना गर्दै मानव समाजलाई झन परिमार्जन गर्न सहजिकरण गर्न सक्नु पर्दछ । मुलुकको चौतर्फी विकासका लागि नयाँ संस्कृतिलाई प्रमुख माध्यमको रुपमा लिइने गरिन्छ । कोही व्यक्तिलाई सुसंस्कृत बनाउँनु भनेको त्यस ब्यक्तिबाट समाजले उच्च चेतनायुक्त, त्यागी, समाजसेवी, न्याय, समानता र परिवर्तनको पक्षधर पूर्ण मानवको ब्यबहारको अपेक्षा गर्नु हो । यस प्रकारको उच्च चेतनायुक्त पूर्ण मानवले सँधै अन्याय, अत्याचार, असमानता, शोषण, दमन, बिकृति, बिसंगति, अराजकता तथा अन्धविश्वास, कुरीति र कुसंस्कारको विरुद्धमा आफुलाई उतार्न तयार पार्छ र ईमान्दारिता, परिपक्वता, भद्रता, शिष्टता, जिम्मेवारीबोध तथा जवाफदेहीताका साथ सालिनतापूर्वक आफ्नो क्रियाकलाप अगाडि बढाउँछ । चाकडी, चाप्लुसी, जालझेल, षडयन्त्र, तिकडम, खुरापाती, बेइमानी तथा संकुचित ब्यबहार एकजना उच्च चेतनायुक्त सुसंस्कृत ब्यक्तिको ब्यबहारको त कुरै छाडौँ सोचको समेत बिषय हुन सक्दैन । तर आज समाजमा जुन प्रकारको बिकृति, बिसंगति, अराजकता, भ्रष्टाचार तथा ब्यभिचारहरुमा समेत राजनैतिक तथा सामाजिक आन्दोलनमा समाहित ब्यक्तिहरु नै पर्दामा देखा परिरहेका छन् । यसले मुलुकले उच्च चेतनायुक्त पूर्ण मानव बनाउँन सक्षम भइरहेको छैन भन्ने पुष्टि गरेको छ । तसर्थ नैतिक रुपमा उच्च चेतनशील तथा त्यागी बलिदानी नवमानवको सिर्जनामा श्रमिक आन्दोलन केन्द्रित हुनु पर्दछ ।
ङ) नेतृत्व बिकासमा श्रमिक
हरेक समाजमा देखापरेका अन्तर विरोधको हल खोज्न बिभिन्न वर्ग, समुदाय वा ब्यक्तिहरुले नेतृत्व प्रदान गरेका हुन्छन् । त्यस्मा पनि आफ्नो वर्ग जाती समुदायका स्वार्थमा आधारित भएर राजनैतिक रुपमा स्थापित भैरहेका छन् ।
त्यसैको परिणाम सामन्ती राजतन्त्रको अन्त्य त भयो तर सामान्ती संस्कार सहित दलाल पुजीवादमा देखा परेर कसिलो पोसिलो भएर आएको छ ।
यस्तो अबस्थामा अबको प्रत्येक आन्दोलनको नेतृत्व श्रमिक वर्गले गर्नु पर्ने हुन्छ । दलाल पुंजीवादको बिकास मात्र होइन झाङ्गिएर समाजमा ऐजेरु जस्तै गाडिएको छ । यस्तो अवस्थामा श्रमिक वर्ग ऐजेरु फाल्ने निर्णायक भूमिकामा रहेर दलाल पुंजीको विरुद्ध एउटा आंधीको बेग बनाएर श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि अन्य बर्ग समुदाय संग सहयोगी हात फैलाउदै वर्गसंघर्षको भूमिकामा रहन जरुरी छ ।
त्यसैले श्रमिक वर्गले आफुलाई संयम, धैर्य, परिपक्व, जिम्मेवार, जवाफदेही बनाउँदै शालिन, नम्र, भद्र शैलीका साथ अन्य वर्ग, तह र तप्काका जनतालाई पनि गोलबन्द गर्ने कार्य योजना बनाउँनु पर्दछ । बिभिन्न सिरामा बिभक्त श्रमिक आन्दोलनलाई एकताबद्ध गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण प्रक्रियामा सामेल गराउँनुपर्दछ । गुमाउँनका लागि केही नभएका श्रमिकरहरुले पद, प्रतिष्ठा, पहुँच, पहिचान वा परिचयका लागि गुट, फुट वा समूह उपसमूहमा बिभक्त हुनु कुनै पनि मूल्यमा जायज हुँदैन । त्यसैले त्याग, तपस्या र बलिदानको प्रतिक श्रमिकवर्गले ब्यक्तिगत, गुटगत वा समूहगत स्वार्थ भन्दा माथि उठेर मानव जातीकै कल्याणमा आफुलाई उभ्याउँनु यतिबेलाको कार्यभार बनेको हो ।
छ) आजको मजदुर आन्दोलन
पुंजी, उद्योग, कल–कारखाना, विज्ञान–प्रविधि, मानव चेतना, प्राकृतिक सबै प्रकारले आजको दुनियाँ हिजोको भन्दा धेरै नै फरक भएको छ दास युगमा उत्पादन शक्ति दासहरु थिए ,सामन्ती युगमा किसानहरु उत्पादक शक्ति थिए भने आज बिकशित पुजीवादी युगमा प्रविधी उत्पादक शक्तिमा बदलिएको छ भने भौतिक पूर्वाधार, सञ्चार, संस्कृति पनि उस्तै रहेन । मालिक र श्रमिक बिच चिन्तन , जीवनशैली पनि गतिशील बनेर परिवर्तन भएको छ । हिजो भन्दा आज शासक वर्गमा शासन गर्ने शैली पनि स्वतः फेरिएको छ । पहिले सिधा र संयमित भएर बल प्रयोग गर्ने तरिकाबाट आउँथे, अब त्यस्तो छैन । अहिले कानुनी, अप्रत्यक्ष, कुटनीति र षडयन्त्र प्रयोग गर्छन् । श्रमिक आन्दोलन र त्यसको नेतृत्व बैचारिक भ्रम छर्ने, खरिद गर्ने, जासुस, घुसपैठ गराउने, लोभलालच देखाउने जस्ता सबै हतकण्डा चलाएर भएपनि फुटाउने र शासनसत्ता टिकाउनेतिर लाग्ने र सुख, सुविधा र सहुलियत दिएर पनि ठिक पार्ने गर्थे । श्रमिक भित्र पनि संगठित हुने र जुझारुपना विस्तारै हराउँदै जान खोजे जस्तो देखिन्छ ।
अल्छी, स्वार्थी, व्यक्तिवादी, मनोगत, उत्तर आधुनिकतावादले घेराहाल्दा श्रमिक शक्ति प्रविधीले निल्दै गएको छ । वैज्ञान प्रबिधी सग परिचित र अपरिचित यावत् समस्याका कारण श्रमिक वर्ग आन्दोलनमा रहेका ठुलो संख्या समस्या, अन्योलता र पीडाग्रस्त अवस्थामा छ । यसबेला सर्वहारावर्गको अग्रदस्ता विश्व कम्युनिष्ट आन्दोलन, वर्गीय मुक्ति तथा राष्ट्रिय मुक्ति आन्दोलन, क्रान्तिका रणनीति र कार्यनीति (कार्यनीति र कार्यक्रम), विद्यमान समाज र सत्ताको नयाँ विश्लेषण नगरेर आम बिद्रोहको संश्लेषणमा पुग्न गाह्रो छैन । त्यसकै आधारमा सामान्य र विशिष्ट रुपमा श्रमिक आन्दोलनको दशा निर्धारण हुन्छ । नत्र श्रमिक आन्दोलनको दिशा, भविष्य गन्तव्य विहीन बन्न पुग्छ । त्यसो हुन नदिनका लागि श्रमिक वर्गीय नेतृत्व र आन्दोलनले निम्न कुराहरुमा जोड र ध्यान दिन जरुरी छ ।
१. विचार र कार्यदिशामा स्पष्टताको प्रश्न –
जबसम्म मार्क्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा बुझ्ने र ग्रहण गर्ने गरिदैन, तबसम्म हाम्रो सन्दर्भमा जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्दै बैज्ञानिक समाजवादी क्रान्तिको आधार निर्माण गर्न सकिदैन । मालेमालाई क्रान्तिकारीकरणका नाममा जड र यान्त्रिक रुपमा, सिर्जनशीलता र वैज्ञानिकताका नाममा दक्षिणपन्थी सुधारवादी, अवसरवादी तथा विशुद्ध अनुभववादी रुपमा बुझेर–ग्रहण गरेर पनि हुँदैन । बरु यसलाई त ऐतिहासिक द्वन्दात्मक भौतिकवादी रुपमा बुझ्नुु, ग्रहण गर्नु र लागु गर्नुपर्छ । त्यो भनेको सिद्धान्त–व्यवहार भएर जाने हो । सिद्धान्तको बुझाई र व्यवहारको प्रयोग गराई ठीक छ कि छैन भनेर जाँच्ने कसीको नाम द्वन्द्ववाद हो । हामीले मालेमाको रक्षा, प्रयोग र विकास गर्न सकेनौ भने क्रान्ति र मुक्ति असम्भव छ । रक्षा, प्रयोग र विकासलाई समग्र सेटमा लिनु र बुझ्नुपर्छ । अंशमा लिएर हुँदैन । अन्ततः विचार र कार्यदिशा नै निर्णायक प्रश्न हो । यो सही वा गलत हुनुले सबैकुराको निर्धारण गर्छ । तसर्थ विचार र कार्यदिशा खरो–दह्रो र स्पष्ट हुनैपर्छ ।
२. संगठन निर्माण, र सुदृढीकरणको प्रश्न :
विचार र कार्यदिशा सही भएर मात्र पुग्दैन । सोही अनुसारको संगठनात्मक कार्यदिशा पनि हुन आवश्यक छ । जसरी विचार र कार्यदिशामा नवीनता र विकास अपरिहार्य हुन्छ, त्यसैगरी संगठनमा पनि संगठनात्मक सिद्धान्त, अवधारणा, नीति, विधि र संरचनामा नयाँपन र विकास नभइ हुँदैन । त्यतिले मात्र पनि पुग्दैन । संगठन परिचालन विधि र शैलीको पनि विकास गर्नुपर्छ । संगठन गर्ने पुरानै शैलीले काम दिदैन । बल–बुद्धिले भरिपूर्ण संगठन निर्माण, विस्तार र सुदृढ गर्न नितान्त आवश्यक छ । संगठन त बनाउने तर त्यसको बैठक बस्ने, प्रशिक्षण, योजना, कार्यक्रम निर्माण, कार्यान्वयन, समीक्षा, मूल्याङ्कन आदि गरिएन भने केहि अर्थ रहन्न । विचार र कार्यदिशापछिको दोश्रो हतियार संगठन नै हो । सचेतन रुपमा संगठनमा आवद्ध नभएका मान्छेहरु बगरका लोरा(ढुंगा) र छाडा साँढे जस्ता हुन्छन् । तिनीहरु गन्तीमा आएपनि काम र नतिजामा कहिल्यै आउँदैनन् । त्यस्तो नहोस् भनेर सचेत, ठोस र मूर्त रुपमा संगठन निर्माण, विस्तार र सुदृढीकरणमा जानैपर्छ ।
३. आर्थिक, साँस्कृतिक र व्यवस्थापकीय प्रश्न :
भोको पेट र असभ्यताले केही पनि गर्न सकिन्न, कतै पनि पुग्न सकिन्न । जतिसुकै सुन्दर र वैज्ञानिक विचार, कार्यदिशा र संगठन भएपनि आर्थिक, साँस्कृतिक र व्यवस्थापनको पाटो मिलाउन सकिएन भने त्यसले यथार्थ धर्तीमा ओर्लिन र कार्यरुप पाउन प्रायः गाह्रो हुने गर्दछ । अबको जमाना पूर्णतः व्यवस्थापकीय जमाना नै हो त्यसैले आजको दुनियाँमा संसार भरिका श्रमिकहरु एक हौ भन्ने नाराले सार्थकता पक्कै पाउछ । दुनियाँ विज्ञान प्रविधिको छ । हामी नयाँ गतिलशीलतालाई ब्यवस्थित र मर्यादित बनाउदै बिद्रोहको इकाइहरु पुजीमा बदल्दै आम बिद्रोह मार्फत दलाल पुजीवादी संसदीय व्यवस्थालाई घुंडा टेकाएर बैज्ञानिक समाजबादी व्यवस्था निर्माणका लागि अमर भएर उभिनुपर्ने छ ।