logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पार्टीको विचारलाइ जनतासंग जोडौं


  • सुजन विश्वकर्मा 'आयाम'
  • शनिबार, असोज २९ २०७९

विषय प्रबेश
क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि कार्यदिशा पहिलो लक्ष्य र उद्देश्य हो र कार्यक्रम रणनिति कार्यनीति आचारण सिद्धान्त उसको विचारधारात्मक एंव राजनितिक कार्यदिशाले निर्धारण गर्दछ । बैचारिक तथा राजनितिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । क.माओ को यो भनाइलाइ आत्मासा गर्ने हो भने पार्टीले क्रान्तिलाइ विजय सम्म पुर्याउनु निम्ति राजनितिक पार्टी र आफ्नै संगठनको खदिलोपनमा भरपर्नु पर्छ । मालेमावाद आफैमा द्धन्दात्मक तथा ऎतिहासिकभौतिकवाद भएको हुनाले निरन्तर विकास र गतिको माग खोज गर्छ ।

पार्टीको विचारलाइ सिद्धान्तमा आधारित वर्ग विश्लेषण गर्नु हो । वर्ग विश्लेषणद्धारा क्रान्तिकारी पार्टीहरुले रणनितिक कार्यनितिमा विकास गर्दै पार्टी संगठन लाइ चौतर्फि निमार्ण गर्नु । भुममण्डलीकृत साम्राज्यवादी चरित्र विज्ञान प्रविधिमा आएको विकास र नेपालको भौगोलिक अवस्था वर्गिय, जातिय, क्षेत्रीय तथा लैङ्गिक विशेषताहरुको अध्यायन अनुसन्धान मार्फत नेपालको ब्याख्या विश्लेषण गरि हालमा रहेको राज्य सत्ताको चरित्र दलाल संसदीय पूँजीवादी ब्यवस्थाले निम्ताएको उत्पादन प्रणलीमा आएको परिवर्तनलाइ विश्लेषण र उत्पीडित जनताको कार्यदिशा निमार्ण गर्नु पर्दछ । क.स्टालीनले भन्नुभएको जस्तै पार्टी मजदुर वर्गको अघि–अघि हिड्नु पर्छ त्यसले मजदुरवर्गले भन्दा परसम्म देख्न सक्नु पर्छ, त्यसले स्वतःस्फूत आन्दोलनको पछि पछि हिड्नु हुदैन र सर्वहरावर्गको नेतृत्व गर्नुपर्छ ।
हामीले पनि क्रान्तिकारी पार्टीको कार्यदिशा विचार निमार्ण गर्दा नेपाली समाजमा वर्गविश्लेषणलाइ आम उत्पीडित वर्ग, मजदुर, किसान, यूवा, विद्यार्थी र मध्यमवर्ग राष्ट्रिय पुजीपतिवर्गलाइ ख्याल गर्दै यी सबै वर्गलाइ आफ्नो अधिकारको निम्ति आन्दोलनमा समर्पित हुने कार्यदिशा र विचारको निमार्ण गर्नु पर्दछ ।
हामीले पार्टीको विचारलाइ जनताको विचमा पु¥याउनको लागि संगठानिक कला चाहिन्छ त्यो संगठित बल पार्टीको विचार निति पद्धति बुझेको हुनपर्छ । जनतालाइ बुझाउन सक्ने क्षमता राख्नु र क्षमताको सहि तरिकाले प्रयोग गर्नको लागि संगठन निमार्णको लागि भौगोलिक विभाजनका आधारमा होइन सम्बन्धित जिल्लाको वास्तविक आर्थिक, राजनितिक, सामाजिक जनताको मनोविज्ञान, यातायात, विज्ञान प्रविधिको प्रभावको आधारमा संगठन निमार्ण गर्ने विधि खोज्नु नै वैज्ञानिक हुन्छ ।

आजको यो दुनियामा विज्ञान प्रविधि यातायातका कारणले गाँउ र शहरको सम्बन्ध र दुरि घटाएको छ । त्यसैले हामीले पनि संगठन निमार्ण गर्ने विधिमा नयाँपन ल्याउन सक्नुपर्दछ। क्रान्तिकारी पार्टीका लागि जनता महान हुन्छन। यदि जनताले चाहे भने बादसाहलाइ पनि घोडाबाट खसाली दिने क्षमता राख्दछन् भन्ने कुराको इतिहासले पुष्टि गरेको छ ।
नेपालमा पनि ७ साल देखि दश वर्षे जनयुद्ध वा ६२/६३ सालको जनआन्दोलनल देखाईदिएको छ कि जनताले चाहे भने कुनै शक्तिको केहि लाग्दैन भन्ने कुरा साचो हो । आज पनि दलाल संसदिय पूँजीवादी ब्यवस्था लाई फाल्नको निम्ति आन्दोलनामा आम उत्पीडित जनतालाइ गोलबन्द गर्नु पर्ने अवस्था आएको छ । त्यसको निम्ति हाम्रो पार्टी नेकपा (बहुमत) ले जनताको विचमा पुग्न सक्ने र मन जित्न सक्ने अवस्था सृजना गर्नु पर्ने आवश्यक हुन्छ ।
१. पार्टीको विचारले जनतासंग गास्नु पर्ने छ : विचार सिद्धान्त राजनितिक बैचारिकीलाइ प्रतेक पार्टी समितिहरु र ज.व.स मोर्चाका लिडरहरुले आफ्नो कार्यक्षेत्रका जनतासंग बिचार गास्नु पर्ने हुन्छ विद्यार्थी, यूवाहरुले घरघर र टोल टोल, क्याम्पस क्याम्पस र उत्पीडित जनताको विचमा पार्टीको विचारलाइ पु¥याउन सक्नु र बैज्ञानिक एंव क्रान्तिकारी जीवन दृष्टिकोण सिद्धान्त र मूल्यका रुपमा आत्मासात गर्दै बैज्ञानिक समाजवादी क्रान्तिको लागि सिर्जनात्मक रुपमा विकास प्रयोग दिशानिर्देशमा पु¥याउने सिद्धान्तको रुपमा ग्रहण गर्नुपर्ने आजको आवश्यकता बन्न पुगेको छ।

२. हाम्रो ब्यवहारले जनताको मन जित्नु : हाम्रो पार्टी भित्रका नेता, कार्यकर्ताहरुको ब्यवहारले जनताको मन जित्नै पर्छ । क.माओले भन्नु भए जस्तै सादा जीवन उच्च विचार हुनै पर्दछ । सादा जिवन ब्यवहार सरल भएन भने क्रान्तिकारी नेता कार्यकर्ता हुन सक्दैनौ । हामीले पार्टीको विचारलाइ ब्यवहारमा बदलेर जनताको सामु पुग्नु र जनदिशा लागु गर्दै जनताका हरेक समस्या मा साथ दिदै प्रत्येक जनताको मन भावनालाइ बुज्दै हाम्रो ब्यवहारले मन जित्नु पर्दछ ।
जनताको घर आगन खेतबारी र साना साना कामहरुमा पनि साथ दिनु पर्छ । अनि मात्रै हाम्रो ब्यवहारले जनताको मन जित्न सकिन्छ । संगै हाम्रो आर्दश शैली दृष्टिकोण उच्च बनाउदै उत्पीडीत जनताहरु प्रति समर्पित हुन पर्दछ।
३. जनतालाइ संगठित गर्नु : आजको दुनियामा जनतालाइ संगठित नगर्ने हो भने पाटीको कार्यदिशालाइ पुरा गर्न सकिन्न त्यसो भएको कारणले पनि सबै भन्दा अग्रह पंक्तिमा जनतालाइ संगठित गर्नु पर्दछ । संगठित गर्नको लागि पार्टी भित्रका नेतृत्व पंक्तिको संग चाहाना, मिहिनेती र फूर्तिला हुनसक्नु र संगठानिक पद्धतीलाइ केहि मात्रमा भए पनि बुझेको र आफ्नो जिम्मा पाएको ठाँउहरुमा जनताको चाहाना के छ त्यस अनुरुप संगठित गर्नु पर्छ ।
अनि भौगोलिक अवस्थालाइ पनि छनौट गर्दै वडा, गाँउ, नगर जिल्लाहरुलाइ छनौट गरि पहिला पार्टी सेल कमिटि निमार्ण गर्नु पर्दछ । र यसरी नै विभिन्न सेलहरुबाट कमरेडहरुको छनौट गरि गाँउ र नगर कमिटि निमार्ण गर्नु पर्दछ ।यी कमिटिहरु लाई राजनितिक बैचारिक स्तरको विकास गर्दै पूर्ण जनताको विचमा पठाउनु पर्दछ । यी सबै गाँउ नगर, ज.ब.स मोर्चाहरुबाट प्रत्येक उर्जाशिल, निरन्तरता ,क्षेमता, आवश्यकता ,संगठन प्रतिको मोह र बैचारिक स्थरको विकास, आफ्नो पार्टीको विचारलाइ जनताको विचमा पु¥याउन कुनै संकुचित नहुने खालको ब्यक्तिलाइ जिल्ला कमिटिमा सदस्य बनाउनु पर्छ । यसकै निरन्तरतामा सबै जिल्ला जिल्लाबाट छनौट गरी प्रदेश कमिटिहरु निमार्ण गर्नु पर्दछ । जिल्लाहरुको राजनितिक बैचारिक, संगाठानिक आर्थिक र सम्पूर्ण जनताको भावना र समस्यालाइ अध्ययन अनुसन्धान गरि विश्लेषण संश्लेषण गर्ने क्षमता राख्नै पर्दछ । यो दशै भरिका कमिटिबाट छनौट गरि केन्द्रिय कमिटीको निमार्ण गरिन्छ र यसको कार्यक्षेत्र देशै भरि हुन्छ । यो कमिटिको जिम्मा अझै ठूलो र मिहिनेती हुन्छ । यसको काम र जिम्मा माक्र्सवादका तीन संघटक अंग दर्शनशास्त्र , राजनीति अर्थशास्त्र र बैज्ञानिक समाजबादको आध्यान अनुसन्धान र विकास गर्दै । बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउनका लागि वर्गविश्लेषण गरेर विचारको विकास गर्नु पर्दछ । यी सबै तहका कमिटिहरुमा जनवादी केन्द्रियतालाइ राम्रो संग कार्यन्वयनमा जोड दिनुपर्छ । छलफल भएर निर्णय भएका विषय –योजना) कार्यन्वयनमा केन्द्रियता प्रमुख हुन्छ, त्यही बेला जनवाद गौण हुन्छ । संगठनात्मक जीवनको आन्तरिक बसाइ र भेला सम्मेलन बैठक आदिमा जनवाद प्रमुख हुनजान्छ । केन्द्रियता गौण हुनजान्छ । यी सबै प्रकारका पद्धतिले पार्टी संगठनलाइ सिद्धान्तमा बाधेको हुन्छ । क.लेनिनले भन्नु हुन्छ कि संगठनात्मक सिद्धान्त भनेको ब्यक्ति संगठनको मातहतमा हुन्छ । तल्लो कमिटि माथिल्लो कमिटिको मातहतमा हुन्छ । अल्पमत बुहुमतको मातहतमा हुन्छ । सबै कमिटि केन्द्रिय कमिटिको मातहतमा हुन्छ, केन्द्रिय कमिटी महाधिवेशनको मातहतमा हुन्छ । यो संंगठानत्मक सिद्धान्तलाइ सहि तरिकाले लागु गर्ने हो भने संगठन र पार्टी पंक्ति खदिल‍‍ो र बलियो हुन जान्छ क्रान्ति गर्न लायकको पार्टी कमिटी हुन्छ ।
यसैगरि संगठनको सिद्धान्तहरुमा कार्यविभाजन, अधिकार र उत्तरदायित्व अनुशासन, आदेश एकात्मक निर्देशनमा एकरुपता समाजिक स्वार्थमा अधिनस्त, केन्दृकरण र विकेन्द्रिकरण ब्यवस्थित पद्धति, पद स्थापना, जोस, जागर आट एंव अग्रदस्ता उद्देश्य गतिशिलता, समुहगत कार्य निर्णय लिने कार्यन्वयन गर्ने विकास र सल्लाह दिने निकाय मितब्ययिता र पारदर्सिता नै संगठनका मुख्य सिद्धान्त हुन जान्छ ।
यी सिद्धान्तलाइ क्रान्तिकारी पार्टीको तल्ला कमिटि देखि माथिल्ला कमिटि सम्म बुझ्ने र बुझाउने कोशिष गर्दै संगठनमा नयाँ विधिको खोज अनुसन्धन गरेर जनताको विचमा पार्टी संगठनको निमार्ण गर्ने छौ ।

४. संगठित जनतालाइ संघर्षमा जोड्नु : भनेको संगठित भएका जनतालाइ संघर्षमा जोड्नु कम्यूनिष्ट क्रान्तिकारी पार्टीको लागि महत्वपूर्ण सवाल हुने गर्दछ । जनतालाइ विचारमा पनि गास्यौ, ब्यवहारले पनि जनताको मन जित्यौ र जनतालाइ संगठित गर्न सफल भयौं भने ति सबै जनतालाइ आफ्नो अधिकारको निम्ति सडक संघर्षमा ल्याउन जोड्न सक्नु पर्दछ । सडक संघर्षमा पहिला त सामान्य नारा जुलुस विरोधका कामहरु हुनेछन् । दोस्रो तहको संघर्षमा जनअधिकार पत्र पेश गरिन्छ यो जनअधिकार पत्रको कुनै सुनुवाइ भएन भने जनताले जनप्रतिरोध संघर्षमा भाग लिने छन् । यो संघर्षले पनि दलाल सत्ताले उत्पीडित जनताहरुलाइ सत्ता सुम्पिन मानेन भने जनताहरु तेस्रो तहको संघर्षमा भाग लिने छन् त्यो संघर्ष आम जनविदोह हुनेछ । यो संघर्षको नेतृत्व नेपाल कम्यूनिष्ट पार्टी (बहुमत)ले गर्छ । दलाल संसदीय पूँजीवादी ब्यवस्थालाइ ध्वस्त पार्दै वैज्ञानिक समाजवादी ब्यवस्था जनताले संघर्ष मार्फत प्राप्त गर्ने छन् । नेपाल आत्मानिर्भर अन्याय अत्याचारको अन्त्य हुदै सबै उत्पीडित जनताले अधिकार प्राप्ती गर्ने छन् । सुखि सम्बृद्धि शान्ति तिर हामी लम्किने छौ।
निश्कर्ष
यो ब्यवस्थालाइ असफल पार्नको लागि पार्टी र संगठन भित्रका काम गर्ने कमरेडहरु र पार्टी वरिपरि गोलबन्ध भएका जबस मोर्चाहरुले पार्टीको विधि विधान र मालेमावादी सिद्धान्तलाइ दृढताका साथ लागु गर्ने र जनताको शक्तिमा विश्वास राख्ने, अध्ययन अनुसन्धान प्रति समर्पित हुने जुझारु भवना, दुरदर्शिता होस परिस्थितिको ठोस विश्लेषण सादा जीवन उच्च विचार सबै संगठनभित्रका नेतृवत्व पंक्ति सित निरन्तरता, बैचारिक स्तरको विकास अनुशासनमा जनवादी केन्द्रियताको निमार्णसंग हरेक बैठक भेलाहरुमाम जनवादको अभ्यास गरेको हुन्छ र काम कारवाहीमा एकरुपता कायम गरेको हुन्छ । गोप्नियताको स्तरको विकास गर्दै पार्टीका हरेक योजनामा अनुशासनको पालना गरि पार्टीका गोप्य दस्तावेज र गोप्य योजनालाइ सुरक्षीत गर्दै जुझारु मानसिकताको विकास, पार्टीको हरेक योजनालाइ पार्टी पंक्ति आम जनताको विचमा पुर्याउने र सबै पार्टीका दस्तावेजहरुलाइ उत्साह पूर्वक पढ्ने अनि जनसमुदायका विचमा सबै भन्दा छिटो छिटो पुग्ने र जनताका वर्ग बैरी प्रति घृणा हुनुपर्छ । पार्टी र संगठनको आवश्यकतालाइ केन्द्रमा राखि पार्टीले खटाएको ठाँउमा इमान्दारिका साथ जाने नै पार्टी अनुशासनको पालना गर्नु र संगठानिक सिद्धान्तलाइ आत्मासत गर्दै पार्टी र संगठनलाइ ब्यवस्थीत गर्ने तिर लाग्नु पर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार