राजनीति
१०मंसीर काठमाडौँ ।नेपाको राजनीतिक इतिहास पल्टाएर हेर्दा २००७ साल देखि आज सम्म जनताले आन्दोलन र संघर्ष मा जित्ने र गद्दार नेतृत्व ले सम्झौता मा हराइदिने प्रक्रिया को निरंतरता भएको छ। जसरी काङ्ग्रेस एमाले हरु सम्झौतामा गएर सैधान्तिक पतन भए र पुन २०५२ साल फाल्गुन १ गते बाट तत्कालीन नेकपा माओवादी सुरुवात गरेको महान जनयुद्ध पनि विजया निकट पुगेको थियो तर विभिन्न सम्झौता गर्दै गद्दार नेतृत्व ले एक पछि अर्को आत्मसमर्पण को बाटो रोज्यो सेना सत्ता हतियार सम्पुर्ण कुरा प्रतिक्रियावादी राज्य सत्ता लाई बुझाएर प्रचण्ड बाबुराम आफुहरु पनि दलाल सत्ताका असली मतियार भयौ भनेर सैधान्तिक पुष्टि गरे,
तेहि बेला नेत्र विक्रम चन्द क.विप्लव ले आफ्नै पहल कदमी लिएर क्रान्ती झण्डा उठाउने प्रण गरेको दिन हो मंसिर आठ तेहि पार्टी पुनर्गठन गरेको दिन को अवसर मा काठमाडौ मा नेकपा ले आयोजना गरेको खुल्ला जनसभा रोक्न र विथोल्न तथाकथित दुई तिहाई वाला सरकार र राम बहादुर थापा गृहमन्त्री रहेको गृहप्रशासन ले आफ्नु औकात र क्षेमता ले सक्ने सम्म कार्यक्रम गर्न नदिने कोसिस गरे खुल्ला मंच बाट शान्ति बाटिका सारे शान्ति बाटिका बाट पनि भृकुटीमण्डप पुर्याए भने देशै भरिबाट गएका नेताकार्यकर्ता र जनताको गाडी हरु मा प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरि अन्तिम सम्म रोक्ने कोशिस गरे अतन्त उनिहरु हारे उनीहरुको योजना सफल भएन यो हाम्रो र श्रमजीवी जनताको लागि खुसी र गर्ब को कुरा पनि हो किन कि यति धेरै अबरोध का बाबजुद पनि यति ठूलो संख्या मा जनताको उपस्थिति रहयो र विशाल कार्यक्रम भयो त्यो बाट कथित दुई तिहाई वाला खपु सरकार को निध हराम भएको छ भने तिनका भरौटे हरु होस उढेको छ यस्ले के कुरा पुष्टि भयो भने जनता क्रान्ति परिवर्तन चाहान्छन भन्ने कुरा प्रष्ट भयो भने दलाल राज्य सत्ता माथी भृकुटीमण्डप ले खुल्ला रूपमा धावा बोल्न सफल भएको छ ।
दलाल सरकार संसदीय राज्य व्यवस्था को औचित्य माथी प्रश्न खडा भएको छ। समग्रमा दलाल फासिवादी सत्ता विरुद्ध त्यो प्रतिरोध संघर्ष को एउटा ट्रेन्च हो र थियो तर तिहा केही सिमा हरु रहे जस्तै केही विषय हरु मा चर्चा गर्न आवश्यक ठान्दछु नेकपा को स्थापना र यस्को गरिमा र महत्त्व बारे जे जति कुरा आवश्यक थियो त्यो पर्याप्त आएन तेस्तै राज्य दमन अर्थात नेताकार्यकर्ता माथि राज्य किन दमन मा उत्रीयो भन्ने कुरा भृकुटीमण्डप र जनता बुझ्न् चाहान्थे तेस्को सैद्धान्तिक र ब्याभारिक ब्याख्या पुगेन तेस्तै महासचिव कमरेड किन उपस्थिति हुन सक्नु भएन महासचिव कमरेड ले किन शुभकामना मात्रै दिनु भयो सम्बोधन गर्न सक्नु भएन भन्ने कुरा आम नेपाली जनताको चासो विषय थियो यो बारेमा पनि कमजोरी रह्यो र समग्रमा अब नेकपा ले के गर्न चाहेको छ के गर्दै छ अर्थात दलाल राज्य सत्ता विरुद्ध नेकपा कसरी प्रस्तुत हुन्छ।
बैज्ञानिक समाजवाद प्राप्त गर्न को निम्ति नेकपा कसरी अगाडि वढछ भन्ने वारे सिङ्गो सर्वहारा श्रमजीवी वर्ग जान्न उस्सुक थियो त्यो बारेमा पनि स्पष्ट पार्न नसक्नु भृकुटीमण्डपका सिमाहरु रहे तर पनि कार्यक्रम सम्पुर्ण हिसाब ले सफल बन्यो दलाल सरकार र तिन्का मतियार हरुले आकलन गरेको भन्दा सयौ गुणा ठूलो जनताको उपस्थिति सहित सभ्य र भब्य रूपमा कार्यक्रम सम्पन्न मात्रै भएन फासिवाद उन्मुख दलाल सरकार को भविस्य माथी समेत खुल्ला रूपमा दिन गन्ती सुरु गरेको छ । दमन र धरपकड बाट क्रान्ती रोकिन्न भन्ने गर्विलो संदेश नेपाली जनतालाइ दिन सफल भएको छ भने दलाल सत्ता लाई उनिहरु कै हेडक्वाटर बाट खुल्ला चुनौती दिन सफल भएको छ ।
भट्टराई पुर्व जनमुक्तिसेना हुन।