राजनीति
आश तमु पोखरा – पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित प्रकृतिको अनुपम बरदानको रूपमा रहको काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो
समुन्द्री सतहदेखि एक हजार ४४४ मिटरको उचाइमा रहेको पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खंला अवलोकन गर्न सकिन्छ काँहुडाँडामा तत्कालीन अञ्चलाधिश नन्दबहादुर मल्ल र स्थानीय सामाजिक अभियन्ताका स्व। मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण गरिएको काहुँ धरहराले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको हो । बाइसे चौबिसे राज्यका बेला यसस्थललाई एक कोटका रुपमा लिइएको थियो ।
पोखरा शहरबाट नजिकै रहेको लालिगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ ।प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य हो काँहुडाँडा ।
यो क्षेत्रको विकासले पर्यटन प्रवर्द्धन हुनाका साथै समृद्ध देश निर्माणको भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार विकाससँगै प्रचारप्रसारको खाँचो रहेको छ ।