राजनीति
आश तमु पोखरा- भर्खरै निर्माण भएको दोविल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा सोमबार पोखरा आईपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार बसेका छन् ।
राजपरिवारका अन्य सदस्यहरु केही दिनमा पोखरा आउने कार्यक्रम छ । राजपरिवार बस्ने रिसोर्टमा रिसोर्टमा रहेका सबै २४ कोठाहरु राजपरिवारले बुकिङ गरिसकेको श्रोतले बताएको छ।

श्रोतका अनुसार सोमबारदेखि सुरु हुनेगरि १६ रातका लागि रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको हो ।
एउटा कोठाको अहिले नेपाली नागरिकका लागि प्रतिरात १२ हजार रुपैयाँ पर्छ । विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ ।
ज्ञानेन्द्र अंग्रेजी नयाँ वर्षका अवसरमा १३ पुसदेखि आयोजना हुने सडक महोत्सवमा समेत सहभागी हुनेछन् ।
