राजनीति
विना थापा , कास्की — तमु प्ये ल्हु संघको आयोजनामा बिहीबारदेखि पोखरामा ‘बृहत् तमु फो ल्होसार महोत्सव-२०७५’ सुरु भएको छ । गुरुङ समुदायको ल्होछार (नयाँ वर्ष)को अवसरमा महोत्सव आयोजना गरिएको हो । गुरुङहरुले यस वर्ष खि (कुकुर) वर्गलाई बिदाई गरी फो (मृग) वर्गको स्वागत गर्दै ल्होसार मनाउँदै छन् ।