logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रोल्पाको खुमेल वडा कार्यालय नजिकैको धारामा पानी पिउँदै गाई


  • राजनीति
  • शनिबार, माघ १९ २०७५

रोल्पा- रोल्पा नगरपालिकाको खुमेल वडा कार्यालय नजिकैको धारामा पानी पिउँदै गाई । यहीँ ठाउँमा रहेको पोखरी मासिएपछि गाईवस्तुका लागि पिउने पानीको समस्या भएको छ ।तस्बिर : खेमराज गाउँले अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक

बर्दिवास, माघ १९ गते । महोत्तरी जिल्लाको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रको नयाँ भवन सञ्चालनमा आएको छ । नवनिर्मित दुईकोठे पक्की भवन बिहीबार बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले उद्घाटन गर्नुभयो ।

बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रको नवनिर्मित दुईकोठे माथिल्लो तला बिहीबारदेखि प्रयोगमा ल्याइएको हो ।

भवन निर्माणमा बर्दिवास नगरपालिकाले रु चार लाख ६९ हजार ३६१, छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिकाले रु एक लाख ४३ हजार २० र आफ्नै स्रोतको रु दुई लाख २० हजारसहित रु आठ लाख ३२ हजार ८३३ खर्च भएको उक्त केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । यसअघि तीनकोठे भुइँतलामा सर्पदंशका बिरामीको उपचारमा संलग्न छ सैनिक प्राविधिकलाई बस्ने ठाउँ अभाव भएपछि कोठा थपिएको होे । सर्पको बिगबिगी हुने जिल्लाको बर्दिवास र आसपासका सयौँ सर्पदंशका बिरामीले केन्द्रको उपचारबाट नयाँ जीवन पाउँदै आएकामा यसलाई सुविधासम्पन्न बनाउन सहयोग गरिएको नगरप्रमुख कार्कीले बताउनुभयो ।

विसं २०७१ साउन ३१ गते स्थानीयवासीको पहलमा उक्त केन्द्र स्थापना भएयता हालसम्म एक हजार चार बिरामीको उपचार भइसकेको छ । यसै आर्थिक वर्षमा केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ९अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर०ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष ९युएनडिपी०को सहयोगमा दैनिक सात दशमलव दुई युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचार अझ सहज बन्दै गएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुगेको केन्द्रले जनाएको छ । महोत्तरीको बर्दिवाससहित औरही, गौशाला र भङ्गाहा एवं छिमेकको धनुषा जिल्लामा पर्ने मिथिला नगरपालिका गोमन, करेतलगायत विषालु सर्पको बिगबिगी भएका ठाउँ मानिन्छन् । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार