राजनीति
अहिले ‘मेरा’ नामको कुकुरले नेपालको सात हजार मिटर उचाइको वरूणत्से हिमाल चुचुरासम्म पुगेर रेकर्ड राखेको छ।
हिउँ र अप्ठ्यारा बाटामा लड्दै-पड्दै एउटा कुकुरले थाहै नपाई सात हजार मिटर उचाइमा पुग्ने कुकुरको रेकर्ड राखेको हो।
वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन्।
वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो।
अमेरिकाको सियाटलका डनले आफ्नो ब्लगमा लेखेअनुसार मेरालाई बाटामा आवश्यक ठाउँमा जीप लाइन लगाउनुबाहेक अरू कुनै सहयोग गर्नुपरेन। ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुगेको डनले लेखेका छन्।
उनका अनुसार कुकुरको वास्तविक नाम उनीहरूलाई थाहा छैन। मेरापिक आसपास भेटिएकाले आरोहीहरूले नै ‘मेरा’ नाम राखिदिएका थिए। वरूणत्सेको सफल आरोहणपछि भने ‘बरू’ नाम दिइएको ‘आउटडोर’ पत्रिकाले लेखेको छ।
सबै तस्बिरहरूः डन वार्गोस्गीको फेसबुकबाट







