राजनीति
आश तमु, पोखरा- रुपा गाउपालिका मोहोरिया स्थीत सक्रिय क्लब सिद्धार्थ स्मृती क्लबले २०७६ जेठ१,२ र ३, ४ गते २५६३औ बुद्ध जयन्ति तथा बैशाख पुर्णीमाको अबसरमा वडा स्तरिय भलिबल प्रतियोगिता, लोपन्मुख गित तथा नृत्य , स्थानिय उत्पादनको प्रदर्शन गरी मोहोरिया मेला २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । क्लबका अध्यक्ष जीत थापाले दिएको जानकारी अनुसार खेल मैदान सम्माउने काम लगभग सकिएको र दर्शकको लागी प्याराफिटको काम पनि अन्तिम चरणमा पुगेको बताएका छन।
रूपाकोट मोहोरिया गाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ हो। पर्यटकिय हिसावले पनि विकासको रुप लिइरहेको यो गाउँमा गुरुङ अनि मगरहरुको बाक्लो बस्ति रहेको छ। परिचित शाही रुट ट्याकमा पर्ने मोहोरिया गाउँ प्राकृतिक मनोरम दृश्यको अबलोकनको लागी समेत उकृष्ट छ। धार्मिक हिसावले परिचित चिसापानी देवी , कौसिला देवी मन्दिर पनि रहेको छ। सांस्कृतिक रुपमा गुरुङ अनि मगरहरुको सोरठी कौडा घाटुँ पनि नियाल्ने मौका पनि पाइन्छ।
राष्ट्रिय खेलाडी इमराना मगर जस्तो खेलाडी जन्माइ सकेको यस गाउँमा उदयमान खेलाडी दिन राना मगर पनि यसै हुन। विगत वर्ष देखी निरन्तरता दिईरहेको रुपामेलालाई क्लव सुभचिन्तक हरुले यस वर्ष पनि निरन्तरता दिइएको हो।
बुद्द जयन्ति को अबसरमा हुने मेलाको लागि प्याराफिट सहितको भलिबल मैदान तयारी को क्रममा । फोटो : सुरेश गुरुङ



