logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

झाडू बोकेर लालबाबु सडकमा ! क-कसले दिए साथ ?


  • राजनीति
  • शुक्रबार, पुष २८ २०७४

काठमाडौं । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।

हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले बिहानभर सडक सफा गर्दै हिँड्यो ।

क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएकाे हाे ।  अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार