सरकारले पछिल्लो समय लकडाउनलाई निरन्तरता दिने निर्णय गरेपनि केही खुकुलो बनाउने नीति अख्तियार गर्यो । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिनबाट रोक्नका लागि गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनलाई पोखरामा केही खुकुलो बनाइएको छ ।
आइतबारदेखि अत्यआवश्यकीय सेवाहरु सञ्चालनमा आएसँगै पोखरामा अस्पताल, वित्तीय संस्था, ठूला निर्माण सामग्री बोकेका ट्रक, सरकारी कार्यालय, उद्योगमा काम गर्ने कर्मचारीले सवारी चलाएका छन् ।
तस्विर : पत्रकार शिवदाई