भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला क्योकुसिङ्ग कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । नेपालको तर्फबाट स्याङ्जा जिल्ला आधिखोला गाउपालिका – २ का दिपेन्द्र क्षेत्रीले प्रथम स्थान हासिल गरेका हुन । उनि पुरुष ५० केजीमा प्रतिस्पर्धा गरेका थिए । क्षेत्रीले प्राप्त गरेको बिजय मुलुकको एउटा गौरव र उपलब्धि हो । हालै मात्रै नेपाली सेनामा सेवा प्रवेश गरेका क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा प्राप्त गरेको यो सफलता राज्यले सम्मान मात्र होइन पुरस्कृत गर्दै प्रोत्साहन गर्नु पर्दछ । तव मात्र मुलुकले खेल क्षेत्र बाट ससारमा पहिचान बनाउन सक्छ ।

जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए । पुरुष ५० केजीमा दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गरेका हुन । महिला ५० केजीमा शान्ति थापा मगर तथा खुलामा मञ्जु विक सहभागी थिए ।
