logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतविरुद्ध महिला फूटबलमा नेपालको ऐतिहासिक जित


  • राजनीति
  • सोमबार, माघ २८ २०७५

भारतको उडिसामा भइरहेको एउटा फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फूटबल टोलीले भारतलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ।

केहीबेरअघि सम्पन्न भएको उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्।

महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो अवसर हो।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो।
जित

सावित्राले दुवै गोल खेल शुरू भएको सात मिनेटभित्र गरेकी हुन्।

 

हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी थिइन्।

त्यसको दुई मिनेट नबित्दै सावित्राले अर्को गोल थपिन्।

यतिबेला विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेपछि सावित्राले मौकाको फाइदा उठाएकी थिइन्।

भारतको तर्फबाट ८४ औँ मिनेटमा रतनबाला देवीले गोल गरेकी थिइन्।

बिबिसी बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार