logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आईपिएलको पहिले खेलमा संदिपको सानदार शुरुवात


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

छिमेकी मुलुक भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबारको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सविरुद्ध पहिलो रोजाइमा खेल्दै यस सिजनको आईपीएलमा सानदार सुरुवात गरेका छन् । इनिङको १२ औं ओभरमा नै ४ ओभरको कोटा सकाएका सन्दीपले २९ रन खर्चेर १ विकेट लिए ।

उनले खेलको तेस्रो ओभरको चौंथो बलमा कलकता नाइट राइर्डसका खेलाडी निखिल नायकलाई एलबिडब्लु आउट गरेका हुन् । लामिछानेले पहिलो ओभरमा एक रन मात्र दिएका छन् ।

आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर लामिछालाई आफ्नो तेस्रो खेलमा मैदान उतारेको हो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए ।

दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे ।

नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार