logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यू-१९ विश्वकप छनोट : नेपालको तेस्रो जित,ओमान ४४.१ ओभरमा अल आउट


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले ओमानलाई फराकिलो रन अन्तरले पराजित गरेको छ।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा ओमान ४४.१ ओभरमा ७९ रनलिदै अल आउट भएको थियो। अलआउट भयो।

ओमानका ९ खेलाडीले दोहोरो अंक छुन सकेनन्। ओमानका लागि अमनप्रित सिरहले १३ र जिन तन्ना १३ रनमा नटआउट रहे।नेपालको लागि पवन सर्राफले १० ओभरमा २ ओभर मेडन राख्दै २४ रन खर्चेर ३ विकेट लिए। सूर्य तामाङले ९ ओभरमा ४ ओभर मेडन राख्दै ११ रन खर्चेर २ विकेट लिए। प्रतीष जिसीले ७।१ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।

यस्तै कुशल मल्लले १० ओभरमा २ ओभर मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिए। ३६औँ ओभरमा बलिङ सुरु गरेका कमल सिंह ऐरीले ३ ओर बलिङ गर्दा ३ ओभर नै मेडन राखेर १ विकेट लिए।त्यसअघि सेलेङ्गार टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक (७५ रन) र प्रतीष जिसीको विष्फोटक ब्याटिङको मद्दतमा २२९ रन बनाएको थियो।

रोहित, प्रतीषले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा नेपाल ४३।२ ओभरमै अलआउट भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार