logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मेसीको निर्णायक गोलमा स्पेनिस ला लिगा च्याम्पियन बने बार्सिलोना


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

बार्सिलोना स्पेनिस ला लिगा च्याम्पियन बनेको छ। कप्तान लियोनेल मेसीको निर्णायक गोलमा बार्सिलोना स्पेनिस ला लिगा च्याम्पियन बनेको हो। दोस्रो हाफमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका मेस्सीले ६२ औं मिनेटमा निर्णायक गोल गरेपछि लेभान्टेलाई १–० ले पराजित गर्दै बार्सिलोना यस सिजनको लालिगा च्याम्पियन बनेको हो।

योसँगै बार्सिलोनाले २६औं पटक ला – लिगाको उपाधि उचालेको छ। मेस्सी भने बार्सिलोना १० औं पटक ला लिगाको उपाधि उचाल्ने पहिलो खेलाडी बने।
समग्रमा बार्सिलोनाबाट मेस्सीले ३४औं उपाधि उचाले। यो क्याटलान क्लबको इतिहासमा एउटा खेलाडीले उचालेको सर्वाधिक उपाधि समेत हो।

तीन खेल अगावै च्याम्पियन बनेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पार्यो। बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार