logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

सन्दिप भोली स्वदेश फर्किदै कस्तो रह्यो आईपिएल


  • खेल ब्यूरो
  • शनिबार, बैशाख २८ २०७६

इण्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने भएका छन्।

सन्दिपले भारतमा जारी १२ औं संस्करणको आईपीएल दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन खेलेका हुन्। सन्दिप एयर इन्डियाको विमानमार्फत आइतबार दिउँसो २ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

सन्दिपले दिल्लीबाट यो संस्करणको आईपीएलमा ६ खेल खेल्दै ८ विकेट लिन सफल भएका थिए। फाइनल प्रवेशका लागि गएराति भएको दोस्रो क्वालिफायरमा सन्दिपको टिम दिल्ली महेन्द्रसिंह धोनीको चेन्नई सुपर किङ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सन्दिपलाई दिल्लीले चेन्नईविरुद्धको दोस्रो क्लालिफायरमा प्लेइङ सेटमै राखेको थिएन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार