logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

आईपिएल ट्रफी लिएर सडकमा घुमिन् निता अम्बानी


  • एजेन्सी
  • मंगलबार, बैशाख ३१ २०७६

आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । यता, मुम्बई इन्डियन्स टीम भने सोमबार मुम्बई एयरपार्टमा भेटिएका थिए ।

आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले हराएको थियो । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् ।

खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि निकै खुशी देखिएकी छिन् । उनले ट्रफीसँग फोटो खिचाएकी थिइन् भने ट्रफी बोकेर हिडेकी थिइन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार