राजनीति
सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदैछ । विश्वकप खेल्न ३२ वटै राष्ट्रको यसअघि नै टुंगो लागिसकेको छ ।
फिफाले छनौट भइसकेका राष्ट्रबीच मंसिर १५ मा ड्र गर्ने बताएअनुसार आज राति मस्कोमा विश्वकपको ड्र हुन लागेको हो । ड्र ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरेर गरिनेछ । त्यसो हुँदा हरेक समूमा चार राष्ट्र पर्नेछन् ।
फिफाले समूह विभाजन गत अक्टोबरको फिफा वरीयतालाई आधार मानेर गर्नेछ । जसमा शीर्ष वरीयताका राष्ट्र पहिलो पार्टमा पर्नेछन् । अन्य पोर्टमा पनि वरीयताकै आधारमा राखिन्छ । रुस आयोजक राष्ट्र भएकाले उसलाई पोर्ट १ राखिनेछ ।
सन् २०१८ को विश्वकप फुटबल आगामी १४ जुनदेखि १५ जुलाईसम्म हुनेछ । प्रतियोगिता रुसका विभिन्न ११ सरहका १२ रंगशालामा गराउने तयारी छ ।
यी हुन् छानिएका ३२ टिम :
अफ्रिका क्षेत्र– मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट ।
एसिया क्षेत्र– इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया ।
युरोप क्षेत्र– रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्वीडेन, स्वीटजरल्यान्ड र डेनमार्क ।
उत्तर, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्र– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका क्षेत्र– ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया