logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विश्वकप क्रिकेट : अस्ट्रेलियाको पहिलो हार, भारतसँग ३६ रनले पराजित


  • एजेन्सी
  • सोमबार, जेष्ठ २७ २०७६

आइतबार भएको विश्वकप क्रिकेट खेलमा अष्ट्रेलियालाई भारतले ३६ रनले पराजित गरेको छ।

भारतले टस जितेर पहिले ब्याटिङ रोजी निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५३ रनको लक्ष्य दिएको थियो।

अस्ट्रेलिया निर्धारित ओभरमा सबै विकेट गुमाएर ३१६ रनमा समेटिएपछि भार्त बिजयी भएको थियो।

पहिलो पटक विश्वकप इतिहासमा भारतले अस्ट्रेलियालाई ३५० रनमाथिको लक्ष्य दिने टोली बनेको छ । विश्वकपमा अस्ट्रेलियालाई यसअघि कुनै पनि राष्ट्रले ३५० भन्दा बढिको लक्ष्य दिन सकेका थिएन।

अस्ट्रेलियाका लागि स्टिभ समिथे सर्वाधिक ७९ रन बनाएका थिए भने डेविड वार्नर र एलेक्स केरीले नटआउट ५५ रन जोडे। हिजोको खेलमा भारतीय बलरहरूले अस्ट्रेलियालाई खेल अवधिभर दबाबमा राखेका थिए।

यसक्रममा भारतका लागि जसप्रीत बुमराह र भुवनश्वरले ३-३ विकेट लिए भने युज्भेन्द्र चहलले २ विकेट लिए।

जीतसँगै भारत लगातार दुई खेल जित्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया ३ खेलबाट ४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ। तालिकाको पहिलो र दोश्रो नम्बरमा क्रमशः ६ र ४ अंकसहित न्यूजिल्याण्ड र इङ्ल्याण्ड रहेका छन्।

भारतको जितमा शिखर धवनले शतक प्रहार गरे। उनले १ सय ९ बल खेल्दै १ सय १७ रन जोडे । यसक्रममा उनले १६ चौकाको प्रहार गरे।

त्यसैगरी कप्तान विराट कोहलीले ८२ रन जोड्दा रोहित शर्मा र हार्दिक पाङड्याले क्रमशः ५७र ४८ रन बनाए। महेन्द्रसिंह धोनीले २७ रनको योगदान दिए।

यसक्रममा अष्ट्रलियाका लागि मार्कस स्टोनिसले दुई विकेट लिदां तथा प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टर निलले समान १-१ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार