राजनीति
इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दोस्रो जित दर्ता गरेको छ । पाकिस्तानले आफ्नो छैटौँ खेलमा आइतबार दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो ।
३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा २५९ रन बनायो । उसका लागि फाप डु प्लेसिसले ६३, क्वीन्टन डी ककले ४७ तथा एडल फेहक्वायोले ४६ रन बनाए । पाकिस्तानका वाहब रियाज र शादब खानले समान तीन तीन विकेट लिए । यस्तै मोहम्मद आमिरले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले सात विकेटको क्षतिमा ३०८ रन बनाएको थियो । उसका लागि हरिस सोहैलले सर्वाधिक ८९ रन बनाए ।
यस्तै बाबर आजमले ६९, इमाम उल हक र फकर जमानले समान ४४, इमाद वासिमले २३ र मोहम्मद हफिजले २० को योगदान दिए ।
बलिङ्गतर्फ दक्षिण अफ्रिकाका लुंगी निदीले तीन, इमरान ताहिरले दुई, एन्डायल फेहलुक्वाय र एडिन मार्करामले एक–एक विकेट लिए ।