logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सन्दीपको उत्कृष्ट प्रदर्शन, चार ओभरमा तीन विकेट,


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

क्यारेबियन प्रिमियर लिगमा बारबेडोस ट्राइडेन्टमा अनुबन्धित सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सविरुद्ध बिहिबार बिहान भएको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए।

पहिलो खेलमा १ ओभरको मात्र बलिङको जिम्मेवारी पाएका लामिछानेले दोस्रो खेलमा आफुलाई उत्कृष्ट प्रमाणीत गरेका हुन्। उनको उत्कृष्ट प्रदर्शनमा बारबेडोसले १८ रनले खेल आफ्नो पक्षमा पारेको हो। उसको यो लिगको पहिलो जित समेत हो। टस हारेर पहिलो ब्याटिङ गरेको टाइडेन्टले उत्कृष्ट ब्याटिङ गर्दै १८६ रन बनाएको थियो। उसका लागि लेनिको बौचरले ६२ तथा जोनसोन कार्लोसले ५२ रनको अर्धसतकीय इनिङ खेल्दा जेपी डुमिनीले १८ बलमा ४३ रनको विस्फोटक इनिङ खेले । जसले गर्दा ट्राइडेन्टले २० ओभरमा २ विकेट गुमाएर १८६ रनको स्कोर तयार पार्न सफल भयो।

जवाफमा पेट्रिएट्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६८ रनमा समेटियो। यसअघि लिगको पहिलो खेलमा गुएना अमेजोन वारियर्ससँग ४७ रनले पराजित भएपछि दोश्रो खेलमा भने वार्बेडोसले उत्कृस्ट पुनरागमन गरेको हो। सन्दीपले आफ्नो पहिलो ओभरमा ७ रन खर्चिएका थिए । दोश्रो ओभरमा पनि समान ७ रन खर्चिएका थिए । तर सन्दीपका लागि तेस्रो ओभर भने सम्झनलायक रह्यो। उनले ६ रन खर्चिएर २ विकेट लिए । पहिलो र अन्तिम बलमा उनले विकेट लिएका थिए।

उनले पहिलो बलमा शम्राह ब्रुक्सलाई क्याच आउट गराउँदै पहिलो विकेट लिंदा ६१ रन बनाएर उत्कृस्ट इनिङ खेलीरहेका लौरी इभान्सलाई दोस्रो सिकार बनाए। उनले आफ्नो अन्तिम ओभरमापनि विकेट हात पारे। सन्दीपले सेन्ट किट्सका कप्तान कार्लोस ब्रेथवेटको विकेट लिए।ब्रेथवेट एलबीडब्लुको सिकार भएका थिए।क्यारेबियन लिगमा सन्दिपको यो सबैभन्दा राम्रो स्पेल हो। यस अघि सेन्ट किट्सको लागि खेल्ने क्रममा सन्दिपले ५ खेलमा ७ विकेट लिएका थिए।

७ विकेट लिए पनि सन्दिपले एकै खेलमा २ विकेट भन्दा बढी लिन सकेका थिएनन्। तर यो पटक उनले उत्कृष्ट लय समाउन सफल रहे। सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा आफ्नो क्लबमा अनुबन्धन गरेको थियो। अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सबाट खेलेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार