logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

फेरि फाइनलमा चुक्यो नेपाली महिला फुटवल टोली ! ९ वर्षको अवधिमा यस्तो छ आठौं फाइनल यात्रा


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

पोखरा- नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य फेरि एकपल्ट पुर्ण बिराम लागेको छ। अन्तराष्ट्रिय आठौं फाइनलमा पुगेका नेपाली फुटवल टोली नाडेज्दा कपमा उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्ने लक्ष्यमा पुर्ण बिराम लागेको हो।

फिफा वरीयतामा ५७ स्थान माथि रहेको उज्वेकिस्तानले बिहीबार किर्गिस्तानमा भएको
नाडेज्दा कपको फाइनलमा नेपाललाई ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो।

नेपालका लागि सावित्रा भण्डारीले ६५ मिनेटमा गोल फर्काएकी थिइन्। त्यतिबेला नेपालले ३ गोल खाइसकेको थियो।

सावित्राले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट दोस्रो गोल गरिन्। तर त्यतिबेला नेपाललाई खेलमा फर्कन ढिला भइसकेको थियो।

आगामी मंसिरमा नेपालमा हुने तय दक्षिण एसियाली खेलकुदको तयारीका लागि किर्गिस्तान पुगेको नेपाललाई उज्वेकिस्तानले समूह चरणमा पनि २-० ले हराएको थियो। नेपालले आयोजक किर्गिस्तानलाई ८-२ र ताजकिस्तानलाई १-० ले हराएर फाइनलमा स्थान बनाएको थियो।

नेपालले ९ वर्षको अवधिमा यो आठौं पटक अन्तर्राष्ट्रिय फाइनल खेलेको हो। पछिल्लो ८ महिनामा तेस्रो फाइनलमा प्रतिस्पर्धा गरेको नेपालको उपाधि जित्ने यात्रा फेरि धकेलिएको थियो।

महिला टिमको फाइनल यात्रा

साफ च्याम्पियनसिप
पहिलो साफ च्याम्पियनसिप (बंगलादेश) २०१० – भारतसँग १-० ले पराजित
दोस्रो साफ च्याम्पियनसिप (श्रीलंका) २०१२ – भारतसँग ३-१ ले पराजित
तेस्रो साफ च्याम्पियनसिप (पाकिस्तान) २०१४ – भारतसँग ६-० ले पराजित
पाँचौ साफ च्याम्पियनसिप (नेपाल) २०१९ – भारतसँग ३-१ ले पराजित

दक्षिण एसियाली खेलकुद
११औं दक्षिण एसियाली खेलकुद (बंगलादेश) २०१० – भारतसँग ३-१ ले पराजित
१२औं दक्षिण एसियाली खेलकुद (भारत) २०१० – भारतसँग ४-० ले पराजित

हिरो कप २०१९ (भारत) – म्यानमारसँग ३-१ ले पराजित
नाडेज्दा कप २०१९ (किर्गिस्तान) – उज्वेकिस्तानसँग ३-२ ‍ले परजित

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार