logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतियोगितामा सहभागिता जनाउन नेपाली पौडी टोली भारत प्रस्थान


  • रासस
  • सोमबार, असोज ६ २०७६

पोखरा – नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी टोलीले भारतमा हुने १०औँ एशियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । भारतको बैङ्गलोरमा हुने उक्त प्रतियोगिता यही असोज ७ देखि १५ गतेसम्म हुनेछ ।

सहभागी खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङ्कर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन र जेविस पौडेल छन् ।

त्यसैगरी शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महजज्र्ञन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा छन् ।

टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह, प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, बैकुण्ठ प्रधान र विष्णु खड्का छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे । । टोली आजै बैङ्गलोर प्रस्थान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार