logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रेनलाई ३-२ गोल अन्तरमा हराउँदै पिएसजी फ्रेन्च लिग कप फुटबलको फाइनलमा


  • राजनीति
  • बुधबार, माघ १७ २०७४

पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। १० खेलाडीमा सिमित पिएसजीले रेनलाई ३-२ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो।

पिएसजीका लागि थोमस मेएनिएर, काक्विनहोस र गिओवानी लो सेल्सोले गोल गरेका थिए। रेनका लागि त्यसपछि डिएफ्रा साखो र सान्जिन प्रिसिकले गोल गरे।

यस्तै रेनका विङ्गर वाहबी खाज्रीले गोल गरेका थिए तर भिएआरको सहायताले ह्याण्डबल देखिएकाले रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

केलियन एमबाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो।

६३ औँ मिनेटमा इस्माइला सारसँग खराब ट्याकल गरेका एमबाप्पेलाई रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) ले रातो कार्ड देखाएका हुन् ।

पिएसजीले मोनाको वा मोन्टपेलिएरसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार