logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इंग्लिस प्रिमियर लिगमा स्वान्सी सिटी सँग ३–१ गोल अन्तरले आर्सनलको लज्जास्पद पराजय


  • राजनीति
  • बुधबार, माघ १७ २०७४

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद पराजय बेहोरेको छ। लिगको छैटौं स्थानमा रहेको आर्सनल लिगको पुछारमा रहेको स्वान्सी सिटीसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

आफ्नो घरेलु मैदान लिबर्टी रंगशालामा भएको खेलमा आर्सनलमाथि शानदार जित हात पार्दै स्वान्सी लिगको १७ औं स्थानमा समेत उक्लिएको छ।

स्वान्सीको जितमा साम क्लुकासले २ र जोर्डन अयवले गोल गरे । यता, आर्सनलका लागि एक मात्र गोल नाचो मोनरियलले गोल गरेका थिए ।

सुरुमा अग्रता लिए पनि आर्सनलले त्यसलाई जोगाउन सकेन र महत्वपूर्ण खेलमा पराजित भयो। ३३ औँ मिनेटमा नाचो मोनरियलको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर, त्यसको लगत्तै साम क्लुकासले स्वान्सीका लागि बराबरी गोल फर्काएका थिए।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा स्वान्सीले गोल थप्यो र अघि बढ्यो ।

६१ औँ मिनेटमा आर्सनलका गोलरक्षक पिट्र सेचको गम्भीर गल्तिका कारण स्वान्सीका लागि जोर्डन आयुले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। हातको साटो खुट्टाले नै बल रोक्ने प्रयास गरेकाले पेट्र चुकेका थिए।

खेलको ८६औं मिनेटमा क्लुकासले ब्यक्तिगत दोस्रो गोल गर्दै ३–१ गोलको जित दिलाएका हुन् ।

जितपछि १७ औं स्थानमा उक्लिएको स्वान्सी सिटीको २५ खेलबाट २० अंक भएको छ । पराजित आर्सनलको भने २५ खेलबाट ४२ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार