logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पोखरा सराङकोटमा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै


  • राजनीति
  • शुक्रबार, माघ १९ २०७४

पोखरा । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आउँदै छन् ।

प्रतियोगितामा एसियाको नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङ उडाउँदै छन् ।

५ दिनसम्म चल्ने प्रतियोगितामा फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनल (एफएआई) को निर्णायक कमिटीले ५ ओटा छुट्टाछुट्टै जिम्मेवारी (टास्क) दिनेछ र पाँचै दिनको टास्क छिटो पूरा गर्नेले प्रतियोगिताको उपाधि हात पार्नेछ । उत्कृष्ट पाइलटको एफएआईको र्‍याङ्किङमा नम्बरसमेत बढ्ने छ ।

नेपाल एअर स्पोट्स एसोसिएसन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लाइडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएनको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफएआई क्याटागोरी टु अन्तर्गत यसअघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पियनसीप आयोजना भइसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्री वर्ल्डकप सराङकोटमा सञ्चालन भइसकेको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोकदेखि अम्बोटसम्म साँस्कृतिक झाँकीसहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डासहित मार्चपास गर्नेछन् ।

यो प्रतियोगितालाई प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार