logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

१६ औ आहा ! रारा गोल्डकप उपाधि : कस्ले मार्ला बाजी ! पुलिसले कि थ्रीस्टारले ?

उपाधि भिडन्त आज शनिबार दिउँसो हुँदै, दुबै टिमले उपाधि आफूले जित्ने दाबी


  • राजनीति
  • शनिबार, माघ २० २०७४

पोखरा । १६ औ  आहा ! रारा गोल्डकप कस्ले मार्ला बाजी ! पुलिसले कि थ्रीस्टारले ? प्रतियोगिताको उपाधि भिडन्त आज शनिबार दिउँसो हुँदैछ । उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार आमनेसामने हुँदैछन् । दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन् ।

पाचौं पटक फाइनलमा पुगेको थ्रीस्टारले यसअघि ४ पटक फाइनल खेलेर चारै पटक उपाधि जितिसकेको छ । पुलिस क्याराभान गोल्डकप सहित आहा ! रारा गोल्डकपको फाइनलमा आठौं पटक पुगेको हो भने ५ पटक उपाधि जितिसकेको छ ।

गत हप्तामात्र मदन भण्डारी मेमोरियल ईटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार जितलाई निरन्तरता दिदै दोश्रो उपाधि जित्ने दाउमा छ ।

थ्रीस्टारको सबल पक्ष भनेको टिम गेम हो । रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिको कम्विनेसन र कोअर्डिनेसन थ्रीस्टारको गज्जबको छ । वान टच पास खेल्न माहिर थ्रीस्टार टेक्निकल्ली र ट्याक्टीकल्ली दुबैमा सबल छ । नेपाली राष्ट्रिय टिमका वैकल्पिक गोलकिपर एलन न्यौपाने टिममा हुनु थ्रीस्टारको प्लस प्वाइन्ट हो ।

जस्तोसुकै खतरामा पनि उनी बिपक्षी खेलाडीका लागि बाधक बन्नसक्छन् । विक्रम लामा, निराजन खड्का, सुनिल वल, बिजय धिमाल, अनन्त तामाङ जस्ता खेलाडी रहेको थ्रीस्टारलाई २ जना विदेशी खेलाडीले थप बलियो बनाएको छ । पोखरामा क्वार्टरफाइनल र सेमीफाइनलमा वर्क परमिट नभएका कारण विदेशी खेलाडी उतार्न नपाएको थ्रीस्टारले फाइनलमा भने उतार्दैछ । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीका अनुसार अफ्रिकन खेलाडी पिटर सेगुन र अजेयी मार्टिनको वर्क परमिट आइसकेको छ र उनीहरु फाइनल खेलमा मैदान उत्रिनेछन् ।

युवा खेलाडी लिएर मैदानमा उत्रिदै आएको नेपाल पुलिस क्लब भने आफ्नो पुरानो विरासत फर्काउने प्रयासमा छ । पुलिसले पुराना खेलाडीलाई बिदाई गरेर नयाँ खेलाडीलाई टिममा भित्र्याएको छ भने पूर्वराष्ट्रिय खेलाडी अनन्तराज थापाको प्रशिक्षणमा खारिरहेको पुलिस पनि ब्यालेन्स टिम हो ।

फिजिकल्ली बलियो पुलिस टेक्निकल्ली र ट्याक्टीकल्ली पनि कमजोर छैन । यद्यपि पुलिसका युवा खेलाडीमा अनुभवको कमी छ । तर, पनि पुलिसले आहा ! रारा गोल्डकपको पि्र-क्वारटफाइनलमा झापा ११, क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र सेमीफाइनलमा धरानलाई हराएर फाइनलमा आइपुगेकाले मनोवल उच्च छ । पुलिससँग भविष्यको राष्ट्रिय टिममा स्थान बनाउन सक्ने गोलकिपर शत्रुघन चौधरी छन् । पुरानो लय समात्ने प्रयासमा रहेको पुलिसमा हेम तामाङ, सुमन लामा, निरकुमार राई, रवि पासवान, अजित भण्डारीलगायतका खेलाडी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार