logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

आर्सनलको गोल वर्षा एभर्टनको पोष्टमा , रामसीले गरे ह्याट्रिक


  • राजनीति
  • आइतबार, माघ २१ २०७४

पोखरा/ इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई ५–१ गोल अन्तरले हरायो ।

आर्सनलको जितमा आरोन रामसीले ह्याट्रक गरे । उनले ६ मिनेटमै पहिलो गोल गर्दै एभर्टनलाई दवावमा राखे । त्यसपछि १९ औं र ७४ औं मिनेटमा अरु दुई गोल थपे ।

यस्तै आर्सनलमा डेब्यू गरेका पियर एमरिकले पनि एक गोल थपे । अर्को एक गोल लोरेन्टको नाममा रह्यो ।

एभर्टनका लागि ६४ औं मिनेटमा क्लाभर्ट लेविनले सान्त्वना गोल फर्काए ।

यो जितसँगै २६ खेलबाट आर्सनलले ४५ अंक बटुलेको छ ।

अर्को खेलमा ब्राइटनले वेष्ट ह्यामलाई ३–१ ले हराउँदा लेस्टर सिटी र स्वान्सी सिटीले १–१ को बराबरी खेलेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार