logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तेक्वान्दोमा नेपाललाइ स्वर्ण पदक


  • राजनीति
  • सोमबार, मंसिर १६ २०७६

जारी साग खेलकुदमा तेक्वान्दोका कमल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा स्वर्ण जितेका छन् ।

कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए ।

श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे ।त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर‌ समूहमा रजत जिते । उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार