logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

४६ ओभरमा सबै विकेट गुमाउँदै नेपालले दियो ओमानलाई १३९ रनको लक्ष्य


  • राजनीति
  • शुक्रबार, माघ २६ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अहिले ओमानको सामना गरिरहेको छ ।

नामिबियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसामु जितका लागि १३९ रनको लक्ष्य प्रस्तुत् गरेको छ ।

४६ ओभरमा सबै विकेट गुमाउँदै नेपालले मात्र १३८ रन बनाउन सक्यो ।

नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १९ तथा कप्तान पारस खड्का र सोमपाल कामीले समान १७÷१७ रन जोडे ।

यस्तै, रोहितकुमार पौडेलले १४ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो ।

ओमान भने आफ्नो पहिलो खेलमा बिहीबारै क्यानाडासँग ८ विकेटले पराजित भएको थियो ।

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार