logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं साग पोखरा : आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपालको कमजोर प्रर्दशन


  • राजनिती न्युज डेस्क
  • शनिबार, मंसिर २१ २०७६

पोखरा- १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपालसहित ४ देशबीच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्पर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।

एकल तथा महिला पुरुष तर्फका सहभागी खेलाडीहरुले ७२ एरो प्रहार गरेका हुन् । एकल बिधा तर्फ नेपाली खेलाडी अन्तिम स्थानमा रहेकाछन् । आर्चरीमा भारत प्रमुख दाबेदार टिम मानिए पनि भारतसहित पाकिस्तान प्रतियोगितामा सहभागि नभए पनि पहिलो दिनको र्याङकीङ राउण्डमा भने बंगलादेश पदकको दाबेदाबीको रुपमा प्रबस्तुत भएको छ ।

बंगलादेशका सना मोहमत रुमन र भूटानकी कर्मा ओलम्पिक खेलमा सहभागि हुन छनौट भएका खेलाडीहरु समेत प्रतियोगितामा सहभागि भएकाछन् ।

रिकर्भ पुरुष तर्फ बंगलादेशका सना मोहमत रुमन र महिला तर्फ बंगलादेशकै खातुम इति र्याङकिङ राउण्डमा अग्र स्थानमा रहेकाछन् । र्याङकिङ राउण्डमा ७ सय २० पुर्णङ्क रहेको खेलमा ७२ एरो प्रहार गर्दा रुमनले ६ सय ८६ अंक जोड्दा सोही इभेण्टमा महिला तर्फ भने खातुमले ६ सय ३२ अंक जोडिन्।

रिकर्भ पुरुष तर्फ भुटानका छिरिङ किनलेले ६ सय ६१ अंक जोड्दै दोश्रो स्थानमा रहे भने श्रीलंकाका सजिव डिसिल्वाले ६ सय ६० अंक ल्याउदै तेश्रो स्थानमा रहन सफल भए ।

त्यस्तै सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा माहानाज अफ्तर ६ सय २५ अंकका साथ दोश्रो स्थानमा रहन सफल भइन भने भटानकी डेमा सोनमले ६ सय २४ अंक बटुल्दै तेश्रो स्थानमा रहन सफल भइन् ।

त्यसै गरी कम्पाउण्ड पुरुष तर्फको खेलमा भुटानका दोर्जी ताण्डिनले अग्र स्थान हासिल गर्दा सोही इभेनटमा महिला तर्फ भने बंगलादेशकी बानिक सुस्मिताले अग्र स्थानमा रहन सफल भइन् । ताण्डिनले र्याङकिङ राउण्डमा ६ सय ९६ अंक जोड्न सफल भएभने सुस्मिताले ६ सय ८५ अंक जोड्न सफल भइन् ।

त्यस्तै कम्पाउण्ड पुरुष तर्फ बंगलादेशका राना सोहेलले ६ सय ९० अंक ल्याउदै दोश्रो स्थान रहे भने बंगलादेशकै आसिम कुमारदासले ६ सय ८८ अंक ल्याउदै तेश्रो स्थानमा रहेका हुन्। महिला तर्फको सोहि इभेण्टमा बंगलादेशकी सुमा विश्वासले ६ सय ४२ अंक ल्याउदै दोश्रो स्थानमा रहिन भने श्रीलंकाकी दमयन्ती टक्सिलाले ६ सय ४५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भइन् ।

शनिबारदेखि टिम तर्फ सेमिफाइनलका खेलहरु र एकल तर्फ भने क्वाटरफाइनलका खेलहरु हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए । नेपाली टिमका प्रशिक्षक बसन्त थकालीले प्रतियोगिता सुरु हुनु एक हप्ता अघि मात्र खेल सामाग्रिहरु आएकोले आफुहरुको खेल प्रर्दशन कमजोर हुन गएको जनाए ।

शुक्रबार भएको र्याङकिङ राउण्डका आधारमा टिम तथा एकल तर्फका देश तथा खेलाडीहरुको प्रतिष्प्रर्धा हुने भएको छ ।

पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएपछि विहीबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु भएको थियो । उक्त खेल मंसिर २३ गतेसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार