logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं साग : महिला क्रिकेटमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले जिते स्वर्ण


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २२ २०७६

पोखरा- जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ। आइतबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोड्यो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन्। यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५१५ रनको योगदान गरे।

श्रीलंकाका लागि उमेशा तिमासिनाले बंगलादेशको ४ विकेट लिइन्।सत्या सन्दिपनी र तारिका सेवान्दीले १२ विकेट हात पारे।

९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्स वमन बंगलादेशको बलरसामु खुलेर खेल्न सकेनन्। क्याप्टेन हर्सिता माधवी र लिहिनी अप्सराले क्रमस ३२ र २५ रन बनाउन बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन्।

श्रीलंकाको पक्षमा रहेको खेल बंगलादेशका बलरले उल्टयाए। श्रीलंकालाई १२ बलमा ११ रन आवश्यक परेको बेला साथमा ३ विकेट थियो।तर लगातार विकेट गुमाउन पुग्दा ८ रन मात्रै जोड्न सक्यो। यससँगै बंगलादेशले २ रनको रोमाञ्‍चक जित हात पार्‍यो।

श्रीलंकालाई सस्तैमा रोक्न नहिदा अक्तरले २ विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ९ रन मात्रै खर्चिन्। त्यस्तै, जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले ११ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार