logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३औं साग : पौडी खेलाडी जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेर रचिन् इतिहास..


  • आश तमु
  • आइतबार, मंसिर २२ २०७६

पोखरा- जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडी खेलाडी जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् ।१३औं सागको पौडी अन्तरगत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।

उनले ४ मिनेट २५।२८ सेकेण्डमा निर्धारित दूरी पार गरेकी हुन्। यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।यसअघि गौरिकाले २ सय मिटर फ्रिस्यायल र ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन्।

यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् भने महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले काश्य जितेको छ । एउटै सागमा तीन स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार