logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपाधिका लागि नेपालले भारतसँग खेल्ने,१२:४५ बजे पछी टिकट बन्द ! यस्तो छ टिकट दर समय


  • आश तमु
  • आइतबार, मंसिर २२ २०७६

पोखरा-  जारी १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तरगत सोमवार महिला फुटवलतर्फ स्वर्ण पदकको लागी नेपाल र भारत प्रतिस्पर्दा गर्दै छ।

१३ औ साग प्रचार प्रसार समितिले एक सुचना जारी गर्दै समयमै टिकट लिएर प्रवेश गर्न अनुरोध गरेका छन।भोली सोमवार दिउसो १ बजे खेल सुरु हुने बताउदै १२:४५ बजे पछी टिकट बन्द हुने बताएका छन।भोली हुने खेलमा टिकट दर २०० रुपैया तोकिएको छ।

यस अघि शनिवार पोखरा रंगशालामा भएको सेमिफानलमा महिला फुटबल प्रतियोगितामा आयोजक नेपाललाई भारतले १-० ले पराजित गरेको थियो ।लिगको अन्तिम खेलमा प्रतिस्पर्धा गरेका दुबै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो।

समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बन्यो।

नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार