logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काको राजिनामा !


  • आश तमु
  • सोमबार, मंसिर २३ २०७६

पोखरा –नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भए लगतै खड्काले राजिनामा दिने घोषणा गरेका हुन् ।खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामा दिएको निर्णय गरेको बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्का००००्\को नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।

खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको प्रमुखका रुपमा भने आफुले काम गर्ने खड्काले बताए । उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार