logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निराश चेलीहरु मैदान बाहिर फर्कदै गर्दा दर्शकहरुले तालीको गर्गहाट र हुटिङले हौसला दिएपछी…

नेपाली महिला राष्ट्रिय फुटबल टोली फेरी रजत पदकमा सिमित


  • आश तमु
  • सोमबार, मंसिर २३ २०७६

आश तमु, पोखरा- १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाली महिला राष्ट्रिय फुटबल टोली फेरी रजत पदकमा सिमित भएको छ ।

नेपाल खेलमा पराजित भए पनि दर्शकहरुले भने नेपाली चेलीहरुको टोलीलाई हुटिङ गर्दै हौसला गरेका थिए। खेल समापन भए पछी निराश बनेका नेपाली चेलीहरु मैदान बाहिर फर्कदै गर्दा दर्शकहरुले तालीको गर्गहाट र हुटिङले हौसला गरेपछी नेपाली चेली खेलाडीहरुले दर्शक तर्फ नमस्कार गर्दै हिडे।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भए पछी रजतमा चित्त बुजौनु परेको हो । भारतका लागि दुबै गोल बाला देवीले गरिन् ।

१८ औं मिनेटमा डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् ।दोस्रो हाफको सुरुवातमै बालादेवीले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भारतलाई स्वर्ण पदक नजिक पुर्याइन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट टोलीका कप्तान निरु र मनमायाले गरे सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट महिला राष्ट्रिय फुटबल टोलीका कप्तान निरु थापा र मनमाया लिम्बु सन्यास घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगतै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् ।

निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, उनको इच्छा भने पुरा हुन सकेन ।

सागको फाइनलमा पराजित भएसँगै हरि खड्काले पनि टोलीको मुख्य प्रशिक्षकबाट राजिनामाको घोषणा गरेका थिए । सागका अहिले सम्मका तीन पटककै फाइनलमा नेपाल भारतसँग नै पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार