logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पिपिएल टी–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनको विजयी सुरुवात


  • राजनीति
  • आइतबार, मंसिर २९ २०७६

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा भएको खेलमा काठमाडौं गोल्डेन्स वारियन्सलाई पोखराले ९ विकेटले पराजित गरेको हो। काठमाडौंले दिएको ११९ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४।१ ओभरमै पूरा गर्‍यो।

पोखराका लागि ओपनर कुशल भुर्तेलले नटआउट ६५ रन जोडे। उनले ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।यस्तै रविइन्दर सिंहले नटआउट ३८ रनको योगदान दिए। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए। त्यसअघि आसिफ शेख १४ रनमा आउट भए।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन जोड्यो।काठमाडौंका लागि सुवोध भाटीले नटआउट ४५ रन जोडे। उनले २९ बलमा ४ चौका र ४ छक्का हिर्काए। गौरव तोमारले १३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा पोखराका रासिद खान, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार