logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ला लिगा : रियलले अंक तालिकाको शीर्ष स्थानमा मौका गुमायो


  • एएफपी
  • सोमबार, मंसिर ३० २०७६

म्याड्रिड — रियल म्याड्रिडले बार्सिलोनालाई उछिनेर स्पेनी ला लिगामा शीर्ष स्थान हात पार्ने अवसर आइतबार राति गुमाएको छ । बुधबारको क्लासिको अगाडि रियल भ्यालेन्सियाको हातबाट १–१ को बराबरीमा रोकियो ।

रियलका लागि करिम बेन्जेमाले इन्ज्युरी समयमा नाटकीय गोल गरे। खेलको अन्त्यमा प्राप्त कर्नरमा रियल गोलरक्षक थिबो कोटवा भ्यालेन्सियाको पेनाल्टी एरियामा पुगे र बललाई हेड गर्ने प्रयास गरे।

त्यसमै प्राप्त अवसरमा बेन्जेमाले ९५ औं मिनेटमा गोल फर्काए। त्यस अगाडि भ्यालेन्सिया कार्सोस सोलारको गोलले जिततर्फ अग्रसर देखिएको थियो। यो नतिजापछि बार्सिलोना नै अंक तालिकाको शीर्ष स्थानमा रह्यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार