logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी करण केसिलाई पोखरामा सम्मान


  • राजनीति
  • बुधबार, फाल्गुन ९ २०७४

सम्मान गरिएको  नेपाललाई डिभिजन टु बाट विश्वकप छनौटमा पुर्याउन महत्पुर्ण योगदान पुर्याएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी करण केसिलाई पोखरामा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले सम्मान गरेको छ ।

यहि फाल्गुन २० गतेदेखि जिम्बाबेमा सुरु हुने आइसीसी एकदिवशीय विश्वकप छनोटका यसअघि नै नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाली क्रिकेट क्रमिक सुधारको बाटोमा रहेको बताएका करणले क्रिकेट मार्फत नेपाललाई विश्वमा चिनाउने अभियानमा निरन्तर लाग्ने विश्वास दिलाए । उनले आफु सदैव देशका लागी खेल्ने बताएका छन् ।

विश्वकप क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडीको सूची सार्वजनिक गरेका हुन् ।

टोलीमा सबै खेलाडीहरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै छन् । घोषित टिमको कप्तान पारस खड्का, उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । टोलीको बैकल्पिक खेलाडीमा सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी छन् ।

प्रतियोगितामा नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग खेल्नेछ भने २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार