logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खेलकाे बिकास र आत्मसम्मानकाे लागि बैज्ञानिक समाजवाद जरुरी : नेता पुन


  • राजनीति
  • मंगलबार, फाल्गुन २० २०७६

प्रति’बन्धित विप्ल’व नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा स’हिद सप्ताहको सन्दर्भमा आयोजित पाँचदिने फुटबल प्रतियोगिता यही फागुन १८ गते भव्य रूपमा सम्पन्न भएको छ । विभिन्न १६ टिमले भाग लिएको उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो क्रमशः लम्मिफाँटा श्री विष्णु युवा क्लब, वर्का वसन्ता श्री जनशक्ति युवा क्लब र वन वर्षा सुनौलो युवा सञ्जाल भएका छन् ।

विजेता टिम, उत्कृष्ट खेलाडी र रेफ्रीलाई प्रमुख अतिथि निर्माणले पुरस्कार, सम्मान र लकेट प्रदान गरिएको थियाे । कार्यक्रममा नेकपाका पाेलिट ब्युराे सदस्य ओम पुनले खेलाडीलाई राष्ट्र र समाजको गहना र इज्जत भए पनि अहिले पुँजीवादले खेलाडीलाई व्यापारको वस्तु बनाएको धारणा राखे । उनले ‘हिजो सामन्तवादले खेलाडीलाई मनोरञ्जनको साधन बनायो । अहिले पुँजीवादले व्यापारको वस्तु बनाएको छ । नेपालको दलाल पुँजीवादले झन् खेलाडीको कुनै महत्व नै राखेको छैन । यसले गर्दा होनहार प्रतिभाहरू विदेश पलायन भैरहेका छन् ।

खेलाडीका लागि राज्यले कुनै पनि अवसर दिएको छैन, बरु उल्टै खेलाडीले व्यक्तिगत रुपमा खतरा मोल्दै देशका लागि लड्नु परेको छ ।’उनले अगाडि भने, ‘खेलाडीको सर्वाङ्गनीण विकास र आत्मसम्मानका लागि वैज्ञानिक समाजवाद चाहिन्छ ।’ अहिलेको खेलमा त्यति धेरै सहयोग गर्न नसके पनि आफ्नो पार्टीले खेलजगत्मा राम्रो काम गर्न खोजेको र सधैँ युवा खेलाडीलाई सक्दो सहयोग र हौसला दिइरहने नेता निर्माणले बताए ।

सोही क्रममा उपस्थित स्थानीय थारू समुदायलाई सम्बोधन गर्दै नेता निर्माणले जनयुद्धको धोका र टीकापुर घटनाको असफलताले थारू समुदायमा ठूलो निराशा ल्याएकाले त्यसको घाउ पुर्न र थारू समुदायको पहिचान, स्वाधीनता र मुक्तिका लागि आफ्नो पार्टी कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिमा अघि बढेको बताए ।

प्रचण्ड र बाबुराम संसद्वादको घोडामा सवार भएको, संसद्वादी पुजीवादीहरूको धोका र गद्दारीका कारण आज थारू जाति पुरानै उत्पीडनमा पिल्सिएको र यसबाट मुक्ति पाउन पुनः वर्गसंघर्षमा लाग्नुपर्नेमा जोड दिँदै उनले खेलकुद सफल पार्न सहयोग पुर्याएकोमा सबैलाई धन्यवाद दिए । थारू समुदायलगायत सम्पूर्ण उत्पीडित र श्रमिक जनताले मुक्ति नपाउँदासम्म निरन्तर क्रान्तिमा लडिरहेकाले सबैलाई साथ दिन पनि निर्माणले आह्वान गरे ।

कार्यक्रममा सामना साँस्कृतिक टिमले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार