logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

युनाइटेडले पुनरागमन गर्दा सिटीको उपाधि उत्सव रोकियो


  • राजनीति
  • आइतबार, चैत्र २५ २०७४

म्यान्चेस्टर । इतिहास स्टेडियमा म्यान्चेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दा म्यान्चेस्टर सिटीले उपाधिका लागि केही समय थप पर्खनु पर्ने भएको छ ।

उपाधिमा कब्जा जमाउन शनिबारको खेलमा जीत आवश्यक रहेको बेला सिटीले २–० को अग्रता गुमाउँदै आफ्नै घरेलु मैदानमा ३–२ गोल अन्तरले विजयी भएको हो  ।

यसअघि, पहिलो हाफमा सिटीले युनाइटेडमाथि हाबी हुँदै २–० को अग्रता लिएको थियो । भिन्सेन्ट कोम्पानी र इल्के गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, राहिम स्टर्लिङले दुई राम्रो अवसरमा गोल गर्नबाट चुकेका  थिए ।

खेल एकतर्फी हुने अनुमान गरिए पनि दोस्रो हाफमा भने युनाइटेडले खेल उल्टाउन सफल रह्यो ।

पाउल पोग्बाले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए भने खेलको ६९ औँ मिनेटमा क्रिस स्मालिङले विजयी गोल गरे ।

दुई गोलको अग्रता लिएपनि सिटी कुनै पनि प्रिमियर लिगको खेलमा पराजित भएको सन् २००८ पछि पहिलो अवसर हो ।

अब बुधबार सिटीले च्याम्पियन्स लिगमा लिभरपुलको आतिथ्य गर्नेछ भने शनिबार वेम्बलीमा टोटनहमविरुद्ध उत्रनेछ ।

शनिबार भएकै अन्य खेलमा टोटनहमले स्टोक सिटीलाई पराजित गर्दै शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ ।

टोटनहमले स्टोकलाई २–१ गोलले पराजित गरेको हो । स्पर्सका लागि दुवै गोल क्रिस्टियन एरिक्सनले गरे ।

लिभरपुलले एभर्टनसँग गोलरहित बराबरीमा रोकिँदा न्युक्यासलले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गर्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार