बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जे’लबाट छुटाउन झन्डै ५३ करोड सहयोग गर्ने भएका छन्। उनले ४ मिलियन युरो सहयोग गर्ने घोषणा गरेकाछन जसको आजको नेपाली दर अनुसार ५२ करोड ६२ लाख भन्दा बढी हुनआउछ ।
रोनाल्डिन्होलाइ पाराग्वेमा न’क्कली राहदानी बनाएको आ’रोपमा रोनाल्डिन्होलाई हाल प’क्राउ गरिएको छ ।
रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् । ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा प’क्राउ परेका थिए। न’क्कली रा’हदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आ’रोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै प’क्राउ गरिएको थियो ।
रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ३९ वर्षीय रोनाल्डिन्हो सँग ब्राजिलको पासपोर्ट छैन।